सबैका बारेमा कलम चलाउँदै आएका पत्रकारको जीवन र पेसागत योगदानका बारेमा चर्चा बिरलै हुने गर्दछ । त्यसमाथी पनि प्रवासमा रहेर बिभिन्न समस्याका बावजुद पनि नेपाली समुदायलाई नेपालसंग जोड्ने सेतुका रुपमा रहेका पत्रकारहरुले पुर्याएको योगदान ओझेलमा पर्दै आएको छ । यसै कुरालाई ध्यानमा राखेर अमेरिकाबाट सञ्चालित हाम्रो अनलाईन पत्रिका युएस खबरले प्रवासी पत्रकारहरुलाई पाठक समक्ष सात्क्षातात्कार गराउने अभियान स्वरुप २०७६ साल बैसाख १ गतेबाट हरेक महिना अमेरिकामा सक्रिय पत्रकारहरुको पत्रकारिता जीवनलाई संक्षिप्त रुपमै भएपनि नेपाली समुदाय र पाठ समक्ष  प्रस्तुत गर्न सुरु गरेका छौं ।

१२ महिना १२ पत्रकार नाम दिईएको यस सुरुवातको दोस्रो महिना अर्थात जेठ महिनाका लागि हामीले पत्रकार तथा लेखक किशोर पन्थीलाई प्रस्तुत गर्दै छौं । करिव २ दशक देखी निरन्तर नेपाली पत्रकारिता र लेखनमा सक्रिय पत्रकार किशोर पन्थी हाल अमेरिकाको न्युयोर्कमा रहँदै आएका छन् ।

उनि संगको कुराकानीका आधारमा यूएस खबरकर्मी किशन रेग्मी र सुष्मा देवकोटा ले तयार पारेको पत्रकार किशोर पन्थीको पत्रकारिता जीवन आजको अंकमा

नेपालको गुल्मी जिल्लामा जन्मेका किशोर पन्थी अमेरिकी विदेश मन्त्रालयबाट मान्यताप्राप्त पहिलो नेपाली पत्रकार हुन् । किशोर पन्थीको पत्रकारिता र लेखन यात्रा उनको नाम जस्तै किशोरावस्थाबाटै सुरु भएकाले रेडियो, प्रिन्ट, टेलिभिजन अनलाईन सबै सञ्चारमाध्यममा उत्तीकै सफल नाम हो किशोर पन्थी । स्कुले जीवनबाटै सुरु भएको उनको लेखन यात्रा मोफसल हुँदै राजधानी र अमेरिका सम्म पुग्दा उनको कलमले देशको राजनितीक, सामाजिक, साहित्यक कलाक्षेत्र, बिदेशी भुमीमा रहेका नेपालीको अवस्था लगायतका प्राय सबै नै क्षेत्रलाई नजिकबाट नियालेका छन् । तल्कालिन माओवादी द्वन्दकालमा सुरु भएको उनको पत्रकारिता उमेर भन्दा बलियो र परिपक्क थियो । उनले त्यो समयमै आफुलाई स्थापित गरेका थिए प्रभावसाली पत्रकारको रुपमा ।

धेरै प्रशंग र सम्झना छन् उनिसंग त्यो समयको असजिलो चिरेरै पनि यो क्षेत्रप्रतिको दाहित्व निर्वाह गर्दा खेरीका । उसो त उनले १३ बर्षको उमेरमै लेखेको नाटक रेडियो नेपालबाट नाट्य रुपान्तरण भएर प्रसारण भएको थियो । सानैबाट उनले आवाज र कलमलाई रोजेको भएर पनि होला उनको जिवनको ३ दशक सम्पुर्ण नै सञ्चार क्षे त्र निकट रहेर बितेको छ । सानैबाट रेडियो कार्यक्रमबाट प्रभावित उनले आजको सफलताको सपना देखेका थिएनन् तर उनले गरेका हरेक काम र मेहनतले उनले नेपाली पत्रकारको खुवीलाई अमेरिका सामु पनि प्रस्तुत गर्न सके जुन नेपालकै लागि पनि गर्वको बिषय हो ।

१ दशक पहिले अमेरिका आएका पत्रकार पन्थी हाल न्युयोर्कबाट प्रकाशित हुने  खसोखासका प्रधान सम्पादक हुन् ।  रेडियो रोल्पा, मुल्याङकन, जनादेश साप्ताहिक, रेडियो जनगणतन्त्र, रेडियो पश्चिमाञ्चल, सगरमाथा टेलिभिजन रेडियो राजधानी हुँदै एविसी टेलिभिजनको अमेरिका ब्यूरो प्रमुख हुन् पन्थी । खाोजमुल, सामाजिक राजनितिक र आप्रवासी समुदायका समाचार संप्रेषणमा क्रियाशिल उनि सन् २००८ देखि नेपालको एबीसी टेलिभिजनमा समाचार सम्पादक रहेका थिए भने सन् २०१० देखि एबीसी टेलिभिजनको अमेरिका ब्यूरो प्रमुख हुन् । एवीसी टेलिभिजनको युएस प्रतिनिधीका रुपमा रहेका उनि एवीसी टेलिभिजनका लागि टक अफ द टाउन युएए नामका कार्यक्रमका प्रस्तोता हुन् ।अँग्रेजी अनलाइन द हफिंटन पोष्ट, भ्वाइस अफ न्युयोर्क लगायतमा समेत लेख्दै आएका पत्रकार पन्थी अमेरिकामा सम्मानित पत्रकार मानिन्छन् ।

पत्रकारिता क्षेत्रमा निरन्तर क्रियाशिल उनिसग जोडिएका धेरै प्रशंगहरु छन् । रेडियो जन गणतन्त्रमा काम गर्दा किशोर पन्थी १९\२० बर्षका थिए । द्वन्दकालिन समयमा रेडियो स्टेसन स्थापना गरेर माओवादी द्वन्दका समाचार प्रसारण गर्नु आफैंमा चुनौती थियो । राज्यपक्षको निसानामा रहेको यस रेडियो स्टेसनका सम्पादक र कार्यक्रम प्रस्तोता पन्थीले भुमिगत अवस्थामा रहेका प्रचण्ड र बाबुराम भट्टराईको अन्तरवार्ता त्यो समयमा पनि लिएका थिए ।

प्रचण्ड र बाबुरामलाई भेट्न जाँदाको एउटा रमाईलो प्रशंग पनि छ । भुमिगत जीवनमा रहेका प्रचण्ड र बाबुरामलाई भेट्न रोल्पा जानुपर्ने भयो पन्थी । पम्फा भुसालले अन्तरवार्ता र भेटघाटका लागि किशोर पन्थीलाई लाने भएपछि पम्फा भुसालका २ जना महिला सेक्रेटरीसगै किशोर पन्थी रोल्पा जान निस्कीए । बाटोमा बास बस्नु पर्ने भयो, राती बास बसेको घरका मान्छेले २ वटा ओछ्यान लगाएर उनिहरुलाई सुत्ने ब्यवस्था गरे र भने बहिनीहरु २ जना एउटा ओछ्यानमा र २ जना भाई अर्को ओछ्यानमा सुत्नु । भएको के थियो भने ब्वाईजकट कपाल र केटाकै जस्तो पहिरनमा भएकी पम्फा भुसाललाई बास दिने घरमा केटा भन्ने सोचेछन् र किशोर पन्थी र पम्फा भुसालको लागि एउटा ओछ््यान लगाईदिएछन् । पछि उहाँ केटी हो भनेपछि हाँसोको वातावरण नै बन्यो । त्यो बेला उनले बाबुराम भट्टराई र प्रचण्डलाई रोल्पाको दुईखोली भन्ने ठाउँमा भेटेका थिए ।

प्रचण्डले अन्तरवार्ताका लागि निम्ता दिएपछि उनि फेरी रोल्पा जाने भए । कडा सुरक्षा बिचमा रहेका प्रचण्ड र बाबुरामको अन्तरवार्ता लिन गएका किशोरलाई गार्डले भित्र छिर्न दिएन । १९\२० बर्षको केटा प्रचण्डको अन्तरवार्ताका लागि आएको भन्दा उनिहरुले पत्याएनन् र गेटमै रोकिदिए । धेरै पटक आफु आउनुको कारण बताउदा पनि भित्र जान नदिएपछि ‘ल म फर्कन्छु’ भनेर हिड्न लाग्दा पख्नुस् एक पटक सोधेर आउँछु भनेर गएको गार्डले किशोर पन्थीलाई प्रचण्डले बोलाएको थाहा पाएपछि भित्र जान अनुरोध गरेरै पठायो र उनले अन्तरवार्ता लिएका थिए ।

काठमाडौं आएपछि उनि  सगरमाथा टेलिभिजनमा न्युज रिडरका रुपमा काम गर्न थाले । राजसंस्था हटेपछिको पहिलो संविधान सभाको चुनावको समय उनी र कल्पना भण्डारीले लगातार १८ घण्टा सम्म चुनावी अपडेट बिषेस कार्यक्रम चलाएका थिए । द्वन्दकालिन समय देखीनै सक्रिय रहेकाले चुनावी अपडेटका लागि उनलाई सजिलो पनि थियो त्यसैले यति लामो कार्यक्रमको जिम्मेवारी निभाएका थिए उनले । लोकतन्त्रपछि प्रचण्ड बाबुराम लगायतका नेताहरुको अन्तरवार्ता पनि लिएका थिए ।

उनले जुन-जुन मिडियामा काम गरे छोटो समयमा नै उनको खुवीले चर्चा पायो ।  सगरमाथा टेलिभिजनमा रिपोर्टरबाट बढुवा भएर सम्पादक बनाउँदा सम्म उनलाई नेपाली टाईप गर्न आउँदैनथ्यो । उनले तयार पारेका समाचार सामग्री अरुले नै टाईप गर्ने भएकाले  आवश्यकता पनि महशुष भएन उनलाई । उनले नेपाली टाईप गर्न जान्छ जान्दैन भन्ने तिर भन्दा पनि उनको कामलाई हेरेर सम्पादकमा बढुवा गरेपछि भने उनलाई नेपाली टाईप आफैंले गर्नु पर्ने भयो र उनले रात रात भर नेपाली टाईप सिके । ईच्छा भयो भने सबै सकिन्छ भने जस्तै उनले नेपाली टाईप केही दिनमै सिके । उनले आफ्नो बाटो आफैंले कोरे र फराकिलो बनाउँदै गए । काठमाडौं आउँदा उनि संग ४ हजारको नोकिया मोवाईलको सेट बाहेक केही थिएन । आत्मनिर्भरतामा विश्वास गर्ने भएकाले परिवारले खर्च गर्न सक्ने भएपनि माग्नै मन नलाग्ने उनको स्वभावले गर्दा उनले हरेक काममा आफुलाई प्रमाणित गर्दै असजिलोहरु मिलाउँदै लगे ।

स्वतन्त्र पत्रकारिता र निर्भिक स्वभावले उनले गोरखापत्रमा पाएको अधिकृतको जागीर पनि छोडेका थिए । गोरखा पत्रमा अधिकृतका लागि दरखास्त आह्वान गरिएको थाहा पाएपछि उनले पनि फर्म भरे करिव २०० जना मध्यवाट ४ जना छनौट भए । २ चरणको अन्तरवार्ताका पछि उनको नाम निस्कीयो तर नियुक्ती पत्र लिन जाने दिन उनलाई जान मन लागेन । एउटा सरकारी पत्रिकामा उनिहरुको मापदण्डमा रहेर काम गर्दा आफु एउटा दायरामा बाँधिन सक्ने स्वभावको नभएकाले उनले त्यो जागीर नै छोडिदिए । उनि संगै छनौट भएका पत्रकार नरेश खपाङ्गीले नियुक्ती लिए । हाल खपाङ्गी पनि बेलायतमा छन् र अहिले उनि नेपाल पत्रकार महासंघ बेलायत शाखाको अध्यक्ष पदमा छन् ।

रेडियो राजधानीको संरचना सुरुवात पनि किशोर पन्थीकै समुहले गरेको हो । त्यो समय बानेश्वरबाट सुरु गरेको रेडियो राजधानीको स्थापना गरेपछि पहिलो समाचार बाचन पन्थीले नै गरेका थिए । रेडियो राजधानीमा सुरुकै दिन उनले र हाल एबीसी टेलिभिजनका प्रमुख शुभशंकर कँडेलले समाचार वाचन गरेका थिए । सानो छँदा उनलाई गोरखापत्रमा बाईलाईन छाप्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो तर पछि उनले गोरखापत्रकै अधिकृत हुन पाउँदा पनि काम गरेनन् । उनको यहि स्वभावले गर्दा उनले सिंगो सञ्चार क्षेत्र बुझ्न पाए । एवीसी टेलिभिजनमा काम गर्दै अप्रेसन बिग न्युज, टक अफ टाउन लगायतका कार्यक्रमका कारण चर्चामा रहेका पन्थी सन् २०१० मा मिडिया भिसामा अमेरिका आएका हुन् ।

अमेरिका आएको सुरुका दिनहरुमा अरु केही काम गरौं न त भनेर हेरेका थिए उनले पनि । नयाँ ठाउँ भएकाले पनि सेटल हुन पर्ने भएर काम खोजेका उनी काम खोज्दै एउटा रेष्टुरेण्टमा गए । भाँडा माझ्न आउँछ भनेर सोध्दा उनले त्यसमा व्यवसायिक अनुभव नभएको बताए । जसमा कारण उनी डिसवासरमा डिसक्वालीफाइड भए । त्यसपछी उनि एउटा ईन्डियन स्टोरमा पनि कामका लागि गएका थिए । स्टोर मालिकले हिन्दीमा उनिसंग कुरा गर्यो उनलाई हिन्दी उति राम्रो नआउने भएकाले ईंग्लीसमा जवाफ दिए । पछि स्टोर मालिकले हिन्दी आउँदो रहेनछ हुँदैन भन्दीयो । त्यसपछि उनले काम नै खोजेनन् । अहिले सोच्दा उनलाई लाग्छ मलाई सञ्चार क्षेत्र छोड्न लेखेकै रहेनछ र मैले काम पाईन । त्यो समय मैले अन्य कुनै काम पाएको भए म आज पनि त्यहि काममा अल्झीरहेको हुन्थेंकी । पैसा त कमाउँथे होला तर पत्रकारिता छुट्न पनि सक्थ्यो ।

एउटा स्थापित पत्रकारलाई अन्य काम भन्दा जानिरहेकै काम सजिलो थियो त्यसैले उनि र उनिसंगै गएका पत्रकार सुर्य थापा मिलेर ह्वाई हिमाल टेलिभिजनको सुरुवात गरे र ह्वाईट हिमाल साप्ताहिक पत्रिका प्रकाशन सुरु गरे । ह्वाईट हिमालको सिईओ रहेका उनले पछि ह्वाईट हिमाल टेलिभिजन छोडेर खसोखास पत्रिका प्रकासनमा ल्याए । पन्थीको सम्पादनमा सुरु भएको पत्रिका खसोखास साप्ताहिक  रूपमा सञ्चालन हुँदै खसोखास म्याग्जिनका रुपमा संचालन भयो ।  अमेरिकी बिदेश मन्त्रालयबाट बिदेशी पत्रकारको मान्यता पाएका पन्थीको खसोखासमा प्रकाशित समाचारको विश्वस्नियता यसकारण पनि छ कि उनी अमेरिकी बिभागवाट प्रत्यक्ष समाचार प्राप्त गर्ने नेपाली पत्रकार हुन् । कतिपय समाचार अमेरिकी पत्रिकामा प्रकाशन हुनु पूर्व नै उनले प्राप्त गर्ने भएकाले उनको पत्रिकामा प्रकाशित समाचारले महत्वपूर्ण सुचना प्रवाह गर्दै आएको छ । मुलत ईमिग्रेसनका समाचार प्राथमिकतामा देखिने खसोखासलाई अमेरिकी बिदेश मन्त्रालयबाट समाचार र सुचना पन्थीले लिन पाउने भएकाले नेपाली समुदायलाई सुसुचित गर्दै सत्य समाचार संप्रेसण हुने गर्दछ ।

सानै उमेरबाट सञ्चार क्षेत्रमा प्रभाव कायम गर्दै आएका पन्थीले थुप्रै कलेजहरुमा पत्रकारिता कार्यशालाका अतिथीका रुपमा आफ्ना अनुभव सहित नेपाली पत्रकारितालाई बुझाउने काम गरेका छन् । पछिल्लो समयको पत्रकारिता कस्तो पाउनु भएको छ भन्ने हाम्रो प्रश्नमा उनि भन्छन् – हामीले जुन समय पत्रकारिता सुरु गरेउँ पैसा कमाउने मोहले सुरु गरेका थिएनौं राज्यको चौंथो अंगका रुपमा रहेर पेसागत मर्यादामा रहेर काम गर्दै आएका छौं । मोवाईल, फेसबुक र युटुवको पहुँच आजको जस्तो थिएन । फेसबुकलाई समाचार संप्रेसणका रुपमा प्रयोग पनि गरिन्थेन । योगयता अनुभवका आधारमा मात्र काम पाईन्थ्यो । पछिल्लो समय युटुव र अनलाईन पत्रिकाले गर्दा सबैलाई सजिलो भएको छ । तर पत्रकारिता मापदण्ड निर्धारण नहुँदा समाचारमा बिश्वस्नियता छैन । राज्यको चौंथो अंग चौंथो अंगकै रुपमा रहनु पर्दछ तर कतिपय ठाउँमा सञ्चारकर्मी नै प्रहरी, वकिल, आफैं न्यायपालिका, कार्यपालिका जसरी प्रस्तुत हुने अधिकार हुँदैन र पनि संवन्धीत निकायले यसलाई रोक्न सकेको छैन । तर कतिपय कुरामा राम्रो पनि भएको छ सञ्चारको बिस्तारले । सहयोग संकलन गर्ने अप्ठेरोमा परेका पिडितका पक्षमा आवाज उठाउने, प्रतिभा भएकाहरुलाई बाहिर ल्याउने लगायतका राम्रा कामहरु पनि भएका छन् । समग्रमा हामीले काम गरेको समय भन्दा धेरै सहज छ टेक्नोलोजिका हिसावले पनि सञ्चार क्षेत्रमा काम गर्न ।

पत्रकार पन्थीको पुस्तक पनि प्रकाशित भएको छ । कम्पन नामक यो कृती बैसाख १२ को भुकम्पको दस्तावेजका रुपमा बजारमा आएको छ । २०७२ बैसाख १२ को भुकम्प गएको खवर थाहा पाए लगत्तै पहिलो टिकेट काटेर नेपाल आएका पन्थीले सिन्धुपाल्चोक गोरखा लगायतका भुकम्प प्रभावित जिल्लामा पुगेर संकलन गरेको रिपोर्टका आधारमा तयार भएको यस पुस्तकमा भुकम्प पिडित, सहयोगमा जुटेका स्वास्थयकर्मी १९९० सालको भुकम्पलाई देखेका मान्छेहरुसंगको अनुभव लगायतका धेरै जना ब्यक्तीसंगको कुराकानीबाट एउटा अभिलेखका रुपमा तयार भएको यस पुस्तकले भुकम्प पिडितका ति कथाहरु छन् जुन बाहिर आएको छैन । नाम्चेको पुरै गाउँ पुरिएका कथाहरु पनि छन् । कम्पनले आजको समयमा चर्चा जति बटुल्दै छ त्यो भन्दा महत्व भोलीका पुस्ताले २०७२ को भुकम्पलाई नजिकबाट जान्ने मौका पाउने छन् ।

भुकम्पको समय धेरै जनाले यस्तो बेलामा नेपाल जाँदा डर हुन्छ भनेका भएपनि उनि आफ्नो तर्फवाट केहि सहयोग गर्न सकिन्छ कि भनेर नेपाल गएका थिए । उनि जहाँ जहाँ पुगे र जसका पिडा र कथा सुने त्यसलाई रेकर्ड गरेर ल्याएका थिए । यो स्रव्य दृश्य सामग्रीलाई पुस्तकको रुप दिन सकियो भने भोलीका पुस्ताले पनि २०७२ को भुकम्पलाई जान्ने मौका पाउने छन् र सञ्चार माध्यममा नगाएका पिडाहरु असजिलोलाई जान्न पाउने छन् भन्ने सोचले उनले कम्पन प्रकाशित गरेका हुन् ।

हामीले पत्रकार पन्थीसंगको कुराकानीमा तयार पारेको यो सामग्रीले हिजोको समयको पत्रकारिता, पत्रकारका चुनौती र तिनै चुनौती बिचमा पनि यो पेसाप्रतिको सम्मानले पत्रकारले उठाएका आवाज, चलाएका कलम र निर्वाह गरेका दाहित्वबाट असलमै सञ्चाकर्मी हुन बाहिरबाट देखेको जति सजिलो छैन भन्ने महशुष हुन्छ । २ दशकको उनको लेखन यात्रा र एउटा नेपालीले कमाएको सम्मानले गर्व गर्ने ठाउँ प्रसस्त छन् र तिनै पत्रकारले नियालेको आजको समयका कमी कमजोरी र सञ्चार क्षेत्रको बिकासलाई पाठक, हाल कार्यरत सञ्चारकर्मी र यो क्षेत्रमा आउन खोज्ने नयाँ पुस्ताकालागि पनि प्रेरक ब्यक्तीका रुपमा उनलाई पाएका छौं ।

Comments

comments