US Khabar

एमालेका आचार्यलाई पराजित गर्दै जाजरकोट-१ मा माओवादी केन्द्रका शक्ति बस्नेत निर्वाचित

- USKHABAR | ३ दिन पहिले प्रकाशित

एमालेका आचार्यलाई पराजित गर्दै जाजरकोट-१ मा माओवादी केन्द्रका शक्ति बस्नेत निर्वाचित

जाजरकोट क्षेत्र नं. १ बाट नेकपा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत निर्वाचित भएका छन् । एमालेका निरज आचार्यलाई ९ हजार ३१ मतान्तरले पराजित बस्नेत प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

३४ हजार १ सय ५१ मत सहित निर्वाचित भएका बस्नेतसंग प्रतिस्पर्धामा रहेका आचार्यले २५ हजार १ सय २० मत प्राप्त गरेका छन् ।

२०७० सालमा भएको संविधानसभाको दोस्रो निर्वाचन र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि उनी जाजरकोटबाटै निर्वाचित भएका बस्नेत तेस्रो पटक पनि निर्वाचित भएपछि उनका मतदाता र समर्थकहरुले खुसी व्यक्त गर्दै सामाजिक संजाल मार्फत खुसी व्यक्त गरिररहेका छन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!