US Khabar

सर्लाही-३ बाट प्रतिनिधि सभा सदस्यमा नायक निखिल उप्रेतीका दाजु हरी उप्रेती विजयी

- USKHABAR | २ दिन पहिले प्रकाशित

सर्लाही-३ बाट प्रतिनिधि सभा सदस्यमा नायक निखिल उप्रेतीका दाजु हरी उप्रेती विजयी

सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा सर्लाही क्षेत्र नं. ३ बाट एमालेका उमेद्वार हरी प्रसाद उप्रेती निर्वाचित भएका छन् । माओवादी केन्द्रका नरेन्द्र साह कलवारलाई पराजित गर्दै एमालेका उप्रेती २० हजार १ सय ८८ मत सहित प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका हुन् ।
उप्रेतीसंग पराजित कलवारले १७ हजार ६ सय १५ मत प्राप्त गरेका छन् ।

त्यस्तै सिके राउत नेतृत्वको जनमत पार्टीका त्रिभुवन कुमार सिंहले २ हजार ७ सय ७० मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन् ।

नेपाली चलचित्र क्षेत्रका चर्चित नायक निखिल उप्रेतीका दाजु हरी उप्रेती २०७० सालमा दोस्रो संविधानसभा सदस्य निर्वाचनमा सर्लाहीबाट निर्वाचित हुँदै वातावरण समित सदस्य समेत रहेका थिए । २०३७ सालमा हरिवनस्थित चतुर्भुजेश्वर माविबाट अनेरास्ववियु अध्यक्ष निर्वाचित हुँदै किशोरावस्थाबाट नै राजनीतिमा सक्रिय उनि २०४४ सालमा पार्टीको सदस्यता प्राप्त गरी सक्रिय राजनीतिमा प्रवेश गरेका थिए ।

आफु कुनै पनि राजनितिक दलसंग आवद्ध नभएपनि आफ्ना दाजु उमेद्वार रहेकाले नायक उप्रेती चुनावी प्रचार–प्रसारका समयमा काठमाडौंबाट सर्लाही गएका थिए । दाजुको चुनावी सभामा नायक निखिलको पनि सहभागिता रहेको देखिन्थ्यो ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!