नेकपा सचिवालय बैठक आज

8

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाको एकता पक्रियाको बाँकी काम टुङ्गो लगाउन सचिवालयको बैठक बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार विहान ११ बजे बस्ने बैठकमा एकता घोषणा भएको एक वर्ष पूरा भए पनि एकता प्रक्रियाका केही काम टुङ्गो लगाउन बाँकी भएकाले बैठक बस्न लागेको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ। यसअघि बिहीबार बसेको सचिवालय बैठकले पार्टीको जनवर्गीय सङ्गठनको नेतृत्वमा सहमति जुटाएको थियो।

आज बस्ने बैठकले पोलिटव्युरो कमिटीमा रहने सदस्य, केन्द्रीय कमिटीका सदस्यहरूको जिम्मेवारी, पार्टी आयोग गठन, केन्द्रीय सल्लाहकार परिषद् तथा केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्च गठनबारे छलफल भई निर्णय गर्ने एजेन्डा रहेको जनाइएको छ। नेकपाको अन्तरिम विधानअनुसार तीनवटा आयोग रहने प्रस्ताव गरिएको छ। जसमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा परीक्षण आयोग र केन्द्रीय निर्वाचन आयोग रहने छन्। यसैबीच नेपाल कम्युष्टि पार्टी नेकपाले तीन नम्बर प्रदेशका जिल्ला कमिटीहरुको घोषणा गर्ने तयारी गरेको छ।

Comments

comments