US Khabar

झण्डै ८ हजार मतान्तरले माओवादी केन्द्रलाई पछि पार्दै चितवन-३ मा राप्रपाका विक्रम पाण्डेको अग्रता

- USKHABAR | २ दिन पहिले प्रकाशित

झण्डै ८ हजार मतान्तरले माओवादी केन्द्रलाई पछि पार्दै चितवन-३ मा राप्रपाका विक्रम पाण्डेको अग्रता

चतवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का विक्रम पाण्डेले फराकिलो मतान्तर सहित अग्रता कायम गरेका छन् । माओवादी केन्द्रका डा. भोजराज अधिकारीलाई झण्डै ८ हजार मतान्तरले पछि पार्दै राप्रपाका पाण्डेले अग्रता कायम राखेका हुन् ।

साँझ ५ बजे सम्मको सार्वजनिक मत गणनालाई अनुसार पाण्डेले अधिकारीलाई ७ हजार ७ सय २४ मतले पारेका छन् । प्राप्त जानकारी अनुसार त्यसपछिको मतगणनामा पनि पाण्डेको मत बढिरहेकाले उनि ८ हजार हाराहारी मतान्तरले अगाडी देखिएका छन् ।

सार्वजनिक मत गणना अनुसार अहिलेसम्म पाण्डेले २० हजार ४ सय ६६ मत प्राप्त गरेका छन् भने अधिकारीले १२ हजार ७ सय ४२ मत प्राप्त गरेका छन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीकी जीता बरालले ९ हजार ९ सय ५५ मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!