US Khabar

देउवा र ओलीले गरे प्रचण्डलाई फोन: निर्वाचित भए लगत्तैको फोनवार्ताबारे जनताको चासो

- USKHABAR | २ दिन पहिले प्रकाशित

देउवा र ओलीले गरे प्रचण्डलाई फोन: निर्वाचित भए लगत्तैको फोनवार्ताबारे जनताको चासो

सम्पन्न निर्वाचनमा विजयी भएका प्रचण्डलाई अर्का विजयीद्वय प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले फोन गरेका छन् । संसदीय चुनावको नतिजा सार्वजनिक भइरहेका बेला बिहीबार प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीले फोन प्रचण्डलाई बधाई दिएका हुन् ।

बधाईका लागि मात्र फोन गरिएको भनिएपनि निर्वाचित भए लगत्तै फरक दलका शिर्ष देताहरुको यस फोनवार्तालाई जनताले चासोका रुपमा हेरेका छन् ।

यस अघि नै ओलीले प्रचण्डसँग मिलेर जाने बताएकाले पनि यो फोन वार्तालाई चासोको रुपमा हेरिएको छ । ओलीले कम्युनिष्ट पार्टी मिलेर नजाँदा निर्वाचनमा धक्का लागेको समेत बताएकाले ओली र प्रचण्डको फोनवार्ता यस विषय लक्षित भएको अनुमान पनि धेरैको छ ।

गोरखा क्षेत्र नं २ बाट विजयी भएका प्रचण्डलाई पहिलो पटक गृह क्षेत्र छोडेर बाबुराम भट्टराईको क्षेत्रबाट निर्वाचित भएकाले पनि उनि जन चासोका रुपमा पहिलेबाट नै छन् । यद्यपी गोरखाका जनताले भने शिर्ष नेताको चुनावी प्रतिस्पर्धा नयाँ उमेद्वारसंग भएकाले यस पटक क्षेत्र नं २ को निर्वाचन उति उत्साहजनक नभएको बताउँदै आएका छन् । त्यसैले उनि भारि मतले निर्वाचित भएपनि उनको जितलाई सामान्य रुपमा लिईएको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!