US Khabar

दुवै क्षेत्रमा रवि लामिछाने नेतृत्वको पार्टी निर्वाचित भएपछि दिनभर उल्लासमय बन्यो चितवन(फोटो-फिचर)

- USKHABAR | २ महिना पहिले प्रकाशित

दुवै क्षेत्रमा रवि लामिछाने नेतृत्वको पार्टी निर्वाचित भएपछि दिनभर उल्लासमय बन्यो चितवन(फोटो-फिचर)

 

चितवन आज दिनभर उल्लासमय बनेको छ । चितवनको क्षेत्र नं. १ र २ दुवैमा फराकिलो मतान्तरले रवि लामिछाने र उनि नेतृत्वको राष्टिय स्वतन्त्र पार्टी निर्वाचित भएपछि आज दिनभर चितवनमा विजय उल्लास साटिएका दृश्य संचार माध्यम र सामाजिक संजालमा पोष्ट भै रहेका छन् ।

चितवन क्षेत्र नं. १ मा रास्वपाका हरी ढकाल ७ हजार ५ सय ८१ म्तको फराकिलो मतान्तरले विजयी भएको चितवनमा रास्वपा सभापति रवि लामिछाने अहिले सम्मकै बढि मतान्तर अर्थात ३४ हजार २ सय ८१ मतान्तर सहित निर्वाचित भएपछि बृहत संख्यामा सहभागी चितवनबासीको खुसी पनि तस्विर र भिडियोमा देखिएको थियो ।

 

उनिहरु रविको जीतमा अझ बढि उत्साहित देखिएका थिए । रवि लामिछानेले ४९ हजार, २ सय ६४ मत सहित विजयी भएका हुन् । उनिसंग प्रतिस्पर्धामा रहेका कांग्रेसका उम्मेदवार उमेश उमेश श्रेष्ठले १४ हजार ९ सय ८३ मत र एमालेका कृष्ण भक्त पोख्रेलले १४ हजार ६ सय ४७ मत मात्र प्राप्त गरेर पराजित भएका छन् ।

त्यस्तै क्षेत्र नं. एकमा पनि विजय भएको रास्वपाका हरि ढकाल ले ३४ हजार १ सय ८९ मत ल्याई विजयी भएका छन् । प्रतिद्वन्द्वी एमालेका उम्मेदवार सुरेन्द्रप्रसाद पाण्डेले २६ हजार ६ सय ८ मत प्राप्त गर्दै पराजित भएका हुन् । यस क्षेत्रमा कांग्रेसका विश्वनाथ पौडेलले २४ हजार ९ सय ९० मत प्राप्त गर्दै तेस्रो स्थानमा पुगेका छन् ।

मत परिणाम आउन बाँकी चितवन क्षेत्र नं. ३ मा भने राप्रपाका विक्रम पाण्डे विजयी हुने संभावना बलियो छ । अघिल्लो निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसंग पराजित पाण्डेले यस पटक माओवादी केन्द्रलाई ८ हजार बढिको मतान्तरले पछि पारिरहेका छन् । पाण्डेले अहिले सम्म २१ हजार ८ सय ६ मत प्राप्त गर्दा माओवादी केन्द्रका भोजराज अधिकारीले १३ हजार ७ सय ७६ मत मात्र प्राप्त गरेका छन् । पाण्डेले २०७४ को निर्वाचनमा ३८ हजार ९ सय ३५ मत प्राप्त गर्दा पनि पराजय बेहोर्नु परेको थियो ।

यस पटक माओवादी केन्द्रका अध्यक्षले चितवन छोडेर गोरखा क्षेत्र नं. २ बाट उमेद्वारी दिएपछि राप्रपाका पाण्डेले फराकिलो मतान्तरले जित हात पार्ने संभावना बलियो बनेको हो ।

 

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!