US Khabar

अमेरिकी र्याप गायक कान्ये वेस्टले सन् २०२४ को राष्ट्रपति चुनाव लड्ने: ट्रम्पसंग प्रतिस्पर्धाको ईच्छा

- USKHABAR | २ महिना पहिले प्रकाशित

अमेरिकी र्याप गायक कान्ये वेस्टले सन् २०२४ को राष्ट्रपति चुनाव लड्ने: ट्रम्पसंग प्रतिस्पर्धाको ईच्छा

चर्चित अमेरिकी र्यापर गायक, निर्माता तथा फेसन डिजाईनर कान्ये वेस्टले आमामी अमेरिकी राष्ट्रपति चुनाव लड्ने घोषणा गरेका छन् । सन् १९७७ मा जन्मिएका ४५ बर्षिय र्यापर कान्ये वेस्टले आफु सन् २०२४ को राष्ट्रपति चुनावमा पूर्व अमेरिकी डोनाल्ड ट्रम्पको प्रतिस्पर्धीका रुपमा चुनाव लड्ने ईच्छा व्यक्त गर्दै निर्वाचनका लागि आफु तयार रहेको बताएका हुन् ।

चर्चित ग्रामी पुरस्कार विजेता अमेरिकी र्यापर कान्ये वेस्ट लेखक तथा निर्देशक पनि हुन् । वेस्टले आफ्नो गृहनगर शिकागो, इलिनोइसमा ९० को दशकको उत्तरार्ध र २००० को शुरुवाती समयबाट अमेरिकी गायनमा देखिएका उनले राष्ट्रपति चुनाव लड्ने बताएपछि उनि अझ धेरै चर्चामा देखिएका छन् ।

पूर्व राष्टपति ट्रम्पले सन् २०२४ को चुनावमा उम्मेदवारी घोषणा गरेको केही दिनमा नै उनिसंग प्रतिीस्पर्धामा बताएका र्यापर वेस्टले यस यसअघि सन् २०२० मा पनि अमेरिकी राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिने प्रयास गरेका थिए जसका लागि उनले बर्थडे पार्टी ब्यानरमा अभिनय सुरु गरेका थिए ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!