कोरोना संक्रमितको संख्या बढ्दै गएपछि गृह मन्त्रालयले मास्क नलगाई हिड्नेलाई पक्रा गर्न निर्देशन दिएको छ । दिनानुदिन बढ्दै गएको संक्रमित र मृतकको संख्यालाई ध्यानमा राखी गृह मन्त्रालयले घरबाहिर निस्किने र सामाजिक दूरी कायम नगर्नेलाई तत्काल पक्राउ गर्न निर्देशन दिएको हो ।
स्वास्थ्य मापदण्ड अनुसार सामाजिक दूरी कायम नगर्ने र मास्क बिना बाहिर हिँडडुल गर्ने माथि संक्रमक रोग नियन्त्रण ऐन अनुसार कारबाही गर्न निर्देशन दिएको मन्त्रालयले यस्ता ब्यक्तीहरुलाई कार्वाही गर्न प्रहरी र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।
सरकारले असार १ गतेबाट लागू हुनेगरी लकडाउन खुकुलो बनाएसंगै मानिसहरु बिना माक्स सामुहिक रुपमा हिडडुल गर्न थालेका छन् । मन्त्रालयका अनुसार लामो समय देखीको लकडाउनले देशमा असहज अवस्था सृजना भएपछि सुरक्षित तवरले लकडाउन खुकुलो बनाउने सरकारको प्रयासलाई सर्वसाधारण सहित सरकारी, निजी तथा गैरसरकारी संघसंस्था र कार्यालयले उल्लंघन गर्न थालेपछि यस प्रकारको निर्देशन गरिएको हो ।
प्रतिक्रिया