ट्याक्स योजनाका विषयमा अमेरिकाबाट नेपाली विज्ञहरुका साथ अन्तरक्रियात्मक छलफल कार्यक्रम हुने भएको छ । अमेरिकबाट संचालित अनलाईन पत्रिका यूएस खबरको आयोजना र खुल्ला मञ्च डटकमको सहआयोजनामा आगामी डिसेम्बर १० शनिवारका दिन ट्याक्स योजना विषयक संवादात्मक छलफल हुने भएको हो ।
पश्चिमा समय अनुसार डिसेम्बर १० शनिवार विहान ११ बजेबाट सुरु हुने यस कार्यक्रममा जिएसएस विज्ञ अध्यक्ष तथा सीईओ गणेश सी बानिया, साथै निर्देशकद्वय सुदर्शन चापागाईं र सन्तोष तिमिल्सिनासंग कर विषयक विभिन्न महत्वपूर्ण विषयमा जानकारी मुलक छलफल हुने छ ।
अमेरिकामा रहेका संचाकर्मी प्रसन्न ढुंगानाले संचालन गर्ने यस कार्यक्रममा आम करदाताका प्रतिनिधि प्रश्नहरु विज्ञहरुसंग राखिने छ र विज्ञहरुले यस विषयमा परामर्ष सहितका लाभदायी जानकारी दिनेछन् ।
कार्यक्रमकमा उठान गरिएका कर विषयक विविध पक्षको प्रत्यक्ष लाभका लागि यूएस खबर र खुल्लामञ्च डटकमको फेसबुक पेज मार्फत लाईभ गरिने यस कार्यक्रम ति दुई पत्रिकाका यूटुव च्यानल मार्फत पनि प्रसारण गरिने छ ।
प्रतिक्रिया