US Khabar

गृहमन्त्री बालकृष्ण खाणलाई पराजित गर्दै रुपन्देही-३ मा राप्रपाका दिपक बोहोरा निर्वाचित

- USKHABAR | २ महिना पहिले प्रकाशित

गृहमन्त्री बालकृष्ण खाणलाई पराजित गर्दै रुपन्देही-३ मा राप्रपाका दिपक बोहोरा निर्वाचित

रुपन्देही क्षेत्र नंं ३ मा गृहमन्त्री बालकृष्ण खाण पराजित गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका दिपक बोहोरा निर्वाचित भएका छन् । कांग्रेस उमेद्वार गृहमन्त्री खाणलाई २ हजार ६ सय ८१ मतान्तरले पछि पार्दै राप्रपाका बोहोरा प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका हुन् ।

विजयी बोहोराले ३६ हजार ७ सय १७ मत प्राप्त गरेका छन् भने पराजित खाणले ३४ हजार ३६ मत प्राप्त गरेका छन् ।

त्यस्तै तेस्रो स्थानमा रहेको राष्टिय स्वतन्त्र पार्टीका जित बहादुर गुप्ता तेलीले ५ हजार ५ सय ३६ मत प्राप्त गरेका छन् ।

खाण कांग्रेका प्रभावशाली नेता र बर्तमान गृहमन्त्री रहेकाले यस क्षेत्रको निर्वाचनलाई प्रमुखताका साथ हेरिएको थियो । तर उनि पराजित भएका छन् ।

बोहोराको मत बढ्न थालेपछि यस क्षेत्रमा कांग्रेस कार्यकर्ताले मत गणनामा अबरोध समेत पुर्याएका थिए । बोहोराको मत बढ्न थालेपछि कांग्रेस प्रतिनिधिले आफ्नो पार्टिले स्थानिय निर्वाचनमा जितेका वडामा पनि हलोमा कसरी मत गयो भन्ने प्रश्न गर्दै विवाद सृजना गरेको थियो ।

गृहमन्त्री खाणलाई पराजित गरेका बोहरा पञ्चायत कालमा दुई पटक राष्ट्रिय पञ्चायत सदस्य र २०७० मा संविधानसभा सदस्य रहेका नेता हुन् । पञ्चायत कालमै तीन पटक पर्यटन र दुई पटक भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका उनि ९ पटकसम्म मन्त्री भएका पुराना नेता हुन् ।
गणतन्त्रपछि पनि बोहोरा २०६७ सालमा वन तथा भू–संरक्षण मन्त्री र २०७३ सालमा आपूर्तिमन्त्री रहेका थिए ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!