हत्या गर्ने उद्येश्यले जीउँदै खाल्टो खनेर पुरिएको नवजात शिशुको उद्धार गर्ने कुकुरको वफादारीको चर्चा सबैतिर भै रहेको छ । उत्तर थाईल्याण्डको पान नोङ खाम गाउँमा एक किशानले पालेको सो कुकुरले खाल्टोभित्र बच्चा पुरिएको थाहा पाएपछि खाल्टो खोस्रिएर शिशुको सकुशल उद्धार गरेको हो ।

पोङ नाम गरेको सो कुकुर अपागं रहेको छ । कुकुरलाई एउटा गाडीले हानेपछि उसको एउटा खुट्टा काम नलाग्ने भएको थियो र उसा निसाइखा जामका ति किशानले अपागं भुस्याहा कुकुरलाई घरमा ल्याएर पालेका थिए ।

कुकुरले उद्धार गरेको नवजात शिशुलाई १५ बर्षिया युवतीले जन्माएकी थिईन् । कम उमेरमा नै गर्भवती बनेकी अविवाहित ति किशोरीले बच्चा जन्माएर खेतमा लगेर गाडेकी थिईन् । बच्चा गाडेको थाहा पाएर कुकुरले भुंई खोस्रदै भुक्न थालेपछि स्थानियले बच्चा भेटेका थिए । कुकुरले भुंई खोस्रिएर बच्चाको खुट्टा बाहिर देखिनेसम्म बनाएपछि बल्ल कुकुरले शिशुको उद्धार गर्न खोजेको थाहा पाएका स्थानियले खाल्टोबाट बच्चा झीकेर अस्पताल गलेका थिए । अस्पताल पुर्याएका ति शिशुको स्वास्थ्य राम्रो रहेको चिकित्सकले बताएका छन् ।

मानिसका सबै कुरा बुझ्ने त्यो कुकुर आफ्नो मालिकलाई सबै काममा सघाउने गर्दछ । मालिक संग खेतको काम र गाईबस्तु हेर्न संगै जाने उसले आफुले सक्ने सबै काम गर्ने गर्दछ त्यसैले उ गाउँभरीमा प्यारो छ ।

शिशुको उद्धार गरेपछि उनका मालिक असाध्यै खुसी भएका छन् उनले आफुलाई एउटा भुस्याहा कुकुरले आत्म सम्मानको ठुलो पाठ सिकाएको अभिब्यक्ती दिएका छन् ।

बच्चाको हत्या गर्न खोजेकी किशोरीलाई बच्चा परित्याग र ज्यान मार्ने प्रयास गरेको अभियोग लगाइएको छ भने किशोरीका आमाबुवाले शिशुको अभिभावकत्व स्वीकार गरेका छन्।

 

Comments

comments