अमेरिका निवासी वरिष्ठ अधिवक्ता खगेन्द्र जिसी बिश्वभरिका समाजवादीहरूको साझा संगठनमा उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । नोभम्बर २५ का दिन स्पेनको राजधानी मेडरिडमा सम्पन्न सोसियलिस्ट ईन्टरनेशनल आईएसको महासभाबाट जिसी उपाध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
१ सय १७ देशका ३ सय ५० जनाको सहभागिता रहेको महासभामा नेपालको तर्फबाट सहभागी खगेन्द जिसी र जनम्पर्क समिती अमेरिकाका पूर्व अध्यक्ष वेद प्रसाद खरेल र नेपाली काग्रेसका पूर्व महासमिती सदस्यले भाग लिएका थिए ।
सोसियलिस्ट ईन्टरनेशनलको महासभामा प्रतिनिधिको रूपमा नेपाली कांग्रेसले भाग लिएको थियो । जसमध्य जिसी उपाध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
सोसल इन्टरनेसनलको अन्तर्राष्ट्रियको महासभाबाट स्पेनका प्रधान मन्त्रि पेड्रो सान्चेज अध्यक्षमा सर्वसम्मत रूपमा चयन भएका छन् ।
३ दिन सम्म चलेको महासभामा अध्यक्ष निर्वाचित ५० वर्षीय टेलिजेनिकले ग्रीसका पूर्व प्रधानमन्त्री जर्ज पापान्ड्रेउबाट SI को प्रमुखको रूपमा कार्यभार ग्रहण गरेका छन्।
त्यसै गरि एसआईको पहिलो महिला महासचिवमा घानाकी बेनेडिक्टा लासी निर्वाचित भएकी छन् ।
प्रतिक्रिया