ताइवानकी राष्ट्रपति साई इङ–वेनले पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएकी छन् । हिजो भएको स्थानीय निर्वाचनमा आफ्नो दल पराजित भएपछि राष्ट्रपति साई इङ–वेनले पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएकी हुन् ।
डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी (डीपीपी)को अध्यक्ष रहेकी राष्ट्रपति इङ–वेनले स्थानीय निर्वाचनमा ताइवानको प्रमुख विपक्षी दल कुओमिन्ताङ (केएमटी)ले विजय हासिल गरेपछि अध्यक्ष पदबाट राजीनामा दिएकी हुन् ।
ताइवानको हक्का समुदायबाट निर्वाचित ताइवानकी पहिलो महिला राष्ट्रपति वेन हारको जिम्मेवारी आफूले नै लिएर पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएकी हुन् ।
डीपीपीले राजधानी ताइपेइसहित ६ मध्ये ४ वटा नगर प्रमुख पदमा हार बेहोरेको छ ।
प्रतिक्रिया