US Khabar

विश्व कप फुटबल: मोरक्कोद्वारा बेल्जियम २-० गोलले पराजित

- USKHABAR | २ महिना पहिले प्रकाशित

विश्व कप फुटबल:  मोरक्कोद्वारा बेल्जियम २-० गोलले पराजित

विश्व कप फुटबल अन्तर्गत समूह ुएफु को दोस्रो चरणको खेलमा मोरक्कोले बेल्जियमलाई २(० गोलले पराजित गरेको छ । कतारको अल थुमामा स्टेडियममा भएको खेलको दोस्रो हाफमा दुई गोल गर्दै मोरक्कोले बेल्जियमलाई २–० ले पराजित गरेको हो ।

आइतबारको यस खेलमा विजयी भएसंगै विश्वकप २०२२ को नकआउट चरणमा प्रवेश गर्ने संभावना बलियो बनाएको मोरक्कोका लागि अब्देलहामिद साबिरीले ७३औँ मिनेटमा पहिलो गोलबाट अग्रता लिएको मोरक्कोका लागि इञ्जुरी समयको दोस्रो मिनेटमा जाकारिया अबोउखालले दोस्रो गरेका थिए ।

चार वर्षअघि रुसमा भएको विश्वकपमा तेस्रो स्थान हासिल गरेको बेल्जियमविरुद्ध सनसनीपूर्ण जितसगै मोरक्को चार अंक बनाएर समूह एफ को शीर्षस्थानमा पुर्याउन सफल साबिरी र अबोउखाल दुवै वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका थिए ।

पहिलो हाफको इञ्जुरी समयमा चियाचले गोल गरे पनि भीएआरले अफसाइड मान्यता दिएपछि पहिलो हाफ बराबरीमा सकिएको थियो । पहिलो खेलमा क्यानडामाथि १–० को जित हात पारेको बेल्जियम तीन अंकसहित दोस्रोमा छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!