इन्डोनेसियाको जाभा टापुमा गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ३ सय २१ पुगेको छ। जाभाको सिआनजुर सहरमा सोमबार ५.६ म्याग्निच्युडको भूकम्प परि वेपत्ता भएका मध्यबाट थप शव फेला परेपछि अहिले सम्म ३ सय २१ पुगेको पुष्टी भएको हो ।
उद्धारकर्ताहरूले खोजी तथा उद्धार कार्यलाई तीव्रता दिईरहेको जाभा टापुमा आइतबार थप शव फेला परेको थियो ।
भूकम्पमा परि अझै कयौं बेपत्ता रहेको बताईएकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
६२ हजारभन्दा बढी घरमा क्षति पुगेको र ७३ हजारभन्दा बढी मानिस विस्थापित भएको यस भुकम्पमा अधिकांश भवनहरू भत्किँदा र आसपासमा पहिरो खस्दा ठुलो संख्यामा मानविय र भौतिक क्षती भएको छ ।
प्रतिक्रिया