अमेरिकाको भर्जिनिया राज्य स्थित स्यानटिली शहरमा निशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ । आगामी डिसेम्वर ३ तारिख शनिवारका दिन स्यानटीली शहरमा हिमालय फ्री क्लिनिक नामक निशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको हो ।
स्वास्थ्य बिमा नहुने व्यक्ति लक्षित यस कार्यक्रम डिसेम्बर ३ शनिवार विहान ९ बजेबाट संचालन हुने कार्यक्रम दिउँसो १२ बजेसम्म संचालन हुनेछ । ३ घण्टा लामो कार्यक्रममा निशुल्क स्वास्थ्य परिक्षण तथ परामर्ष सेवा प्रदान गरिने छ ।
कार्यक्रममा उपस्थित हुन चाहनेहरुका लागि सम्पर्क नं. सार्वजनिक गरिएको कार्यक्रममा सीमित सिट भएको हुँदा स्वास्थ्य परिक्षण गर्न चाहनेहरुले समयमै सम्पर्क गर्न पनि आयोजक टिमले अनुरोध गरेको छ । साथै निशुल्क स्वास्थ्य जाँच गर्ने हिमालय फ्री क्लिनिकले सम्पर्क गरेको वा मेसेज ( सन्देश \ खबर) संप्रेषण हामी २४ घण्टा भित्र सम्पर्क सो व्यक्तीलाई आयोजकले सम्पर्क गर्ने पनि जानकारी गराईएको छ ।
कार्यक्रमबारे थप जानकारीका लागि
कार्यक्रमको विवरण यस प्रकार छ ः
Clinic Day:
Date: Saturday, December 3, 2022
Time: 9:00 am to 12:00 noon
Address: Ox Hill Baptist Church (Ground level, from back)
4101 Elmwood St., Chantilly, VA 20151
Himalaya Free Clinic
Phone: 703 356 3874
प्रतिक्रिया