US Khabar

अमेरिकाका शक्तिशाली आँधी फैलदैं-टेक्सस लगायत राज्यका ३ करोड बासिन्दालाई सुरक्षा चेतावनी

- USKHABAR | २ महिना पहिले प्रकाशित

अमेरिकाका शक्तिशाली आँधी फैलदैं-टेक्सस लगायत राज्यका ३ करोड बासिन्दालाई सुरक्षा चेतावनी

अमेरिकाका शक्तिशाली आँधीको असरबाट कारण ३ करोड बासिन्दा प्रभावित हुन सक्ने चेतावनी मौषमविदहरुले दिएका छन् । रकीहरूबाट सुरु हुने एक शक्तिशाली आँधीका कारण टेक्सस, इलिनोय केन्टकी लगायतका धेरै राज्यहरुका ३ करोड मानिसमा असर पर्न सक्ने भन्दै सुरक्षा सावधानिका लागि चेतावनी दिईएको हो ।

८५ माइल प्रति घण्टा सम्म पुग्ने सम्भावना रहेको यस आँधीको पहिलो प्रभाव पहिलो आँधी उत्तरपूर्वी टेक्सास, उत्तरपश्चिमी लुजियाना र मध्य र पूर्वी अर्कान्सासका केही भागहरूबाट मंगलबार मध्यान्हदेखि आउने सम्भावना रहेको बताईएको छ ।

टोर्नाडोसम्मको गम्भीर मौसमी अवस्था आउने मौषमविदहरुले चेतावनी दिएका मौसमविद्हरुले उत्तरपश्चिमी खाडीको तटबाट मिसिसिपी उपत्यकासम्म खराब मौषम देखिने बताएका हुन् ।

मेक्सिकोको खाडीबाट कडा हावाको प्रभाव सुरु हुने बताईएको आँधीले मिसिसिपीको पश्चिमी र मध्य भागहरू हुँदै मङ्गलबार साँझको समयमा दक्षिणपूर्वी मिजौरी, दक्षिणी इलिनोय तथा केन्टकी र टेनेसीको पश्चिमी भागहरूमा असर पुर्याउँदै उत्तरतर्फ विस्तार हुने भएकाले उल्लेखित स्थान र आसपासका राज्य तथा भुभागमा रहेका बासिन्दालाई सुरक्षा सावधानी अपनाउन पनि आग्रह गरिएको छ ।

त्यस्तै मौषमविदका अनुसार मङ्गलबार मात्रै दक्षिण मध्य अमेरिकाका करिब ३ करोड मानिसहरू खराब मौषमको जोखिममा पर्ने चेतावनी दिइएको छ भने मंगलबार आँधी आउने कुरामा आफूहरु पूर्ण विश्वस्त रहेको र मानिसहरूले यो चेतावनीलाई गम्भीरतापूर्वक लिनका लागि आग्रह गरिएको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!