US Khabar

परिजितालाई भोटको आवश्यकता: उनि विजय भए नेपाल र नेपालीको पहिलो ऐतिहासिक जित

- USKHABAR | २ महिना पहिले प्रकाशित

परिजितालाई भोटको आवश्यकता: उनि विजय भए नेपाल र नेपालीको पहिलो ऐतिहासिक जित

वहुचर्चित अमेरिकी रियालिटी शो द भ्वाइसको टप टेनमा पुग्न सफल नाम हो परिजिता बास्तोला । व्लाइण्ड अडिसन राउण्डदेखि एकाएक चर्चामा आएकी नेपाली किशोरी परिजिताले आफ्नो गायन क्षमता मार्फत शानदार रुपमा शिर्ष १० मा पुग्न सफल भएकी हुन् ।

अमेरिकी रियालिटी शो द भ्वाइसमा नेपाली किशोरी परिजिताको शानदार शिर्ष यात्रा भोटिङ्ग राउण्ड चरणमा प्रवेस गरेसंगै उनि र उनको परिवारले अमेरिका तथा देश विदेशमा रहेका नेपालीसंग भोटका लागि अपिल गर्दै आएकी छन् ।

अमेरिकाको प्रतिष्ठित एनबिसी टिभी बाट प्रसारण हुने यस कार्यक्रमका लागि नोभेम्बर २८ का दिन अमेरिकी पूर्वीय समय वेलुका ८ः०० बजेदेखि बिहान ७ः०० बजे मंगलबारसम्म  https://voice.vote.nbc.com/एप्स स्टोरबाट दी भ्वाइस डाउनलोड गरेर एनबिसी टिभीको वेबसाइट मा गएर दुवै ठाउंमा भोट गर्न सकिने व्यवस्था रहेको थियो । परिजिताले अपिल गरेसंगै उनको भोट प्राप्त भएको भए उनि अघिल्लो चरणका लागि प्रवेश गर्ने छिन् ।

परिजताले ब्याटल राउण्डका भएको प्रतिस्पर्धामा सानदार जित हात पारेसंगै उनको थप प्रशंसा निरन्तर भै रहेको छ ।

झापा स्थायि घर भै २५ बर्ष देखि अमेरिकाको मेरिल्याण्डमा बसोबास गर्दै आएका पंकज बास्तोला र बिरा बास्तोलाकी छोरी हुन् परिजिता ।
परिवारकी कान्छि सन्तान उनको जन्म मेरिल्याण्ड मै भएको हो । सानै बाट गायनमा रुचि राख्ने उनले सो समय गाएका गीतका भिडियोपनि सामाजिक संजालमा सार्वजनिक भएका छन् । जहाँ उनले बच्चा बेलामा पनि कुशल गायनका साथ किबोर्ड र गीतार सहित गीत प्रस्तुत गरिहेको देख्न सकिन्छ ।

व्लाइण्ड अडिसनबाट नै उनको प्रस्तुतीले सवै कोचको मन जितेको थियो । यो संगै उनका बारेमा पनि देश विदेशका समाचारगृहले खोजि गरेर समाचार सामग्री तयार गरेका थिए भने अमेरिकी सञ्चार माध्यमले उनिसंग अन्तरवार्ताहरु गर्दै आएका छन् । जसमा उनले आफु नेपाली भएको कुरा उल्लेख गर्दै आएकी छन् । अडिसनबाट नै उनले आफु नेपाली भएको बताएका कारण पनि पछिल्लो समय उनका नेपाली प्रशंसक ज्यादा देखिएका छन् ।

अमेरिकी द भ्वाईस प्रतियोगितामा सहभागी हुने पहिलो नेपाली मुलकी अमेरिकी किशोरी हुन् पराजिता । अमेरिकामा नै जन्मिएकी उनलाई अंग्रेजी गीत गाउन सजिलो हुने नै भयो तर उनले नेपाली गीतहरु पनि मिठोसंग गाउदै आएकी छन् । नारायण गोपाल, साजन राज बैद्य लगायतका गीतहरुमा उनले भरेको आवाजले सामाजिक संजालमा चर्चा पाईरहेका छन् ।

गायन र पढाई दुवैमा राम्रो गर्दै अघि बढेकी पराजिता विद्यालयमा उत्कृष्टता हासिल गरेर प्रेसिडेन्ट अवार्ड देखी हरेक परीक्षामा अनरोल अवार्ड समेत प्राप्त गर्न सफल बिद्याथी पनि हुन् । सामाजिक काममा रुचि भएकी उनि पछिल्लो समय समुदायको काम र स्थानीय राजनीति बुझ्न सेभेर्ना पार्क डेमोक्रेटिक क्लबसंग को कार्यकारी सदस्यका रुपमा आवद्ध छिन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!