नेपाली विमेन्स ग्लोवल नेटवर्क (एनडव्लुजीएन)को पाचौं सम्मेलन अमेरिकाको पेन्सेलभेनिया राज्यमा हुने भएको छ । ‘नेपाली महिलाहरू भिन्नता निर्माण गर्दै नेतृत्व निर्माण तथा समावेशी अभ्यासमा युवा वयस्कहरूसँग प्रेरणादायी सहकार्य गर्दै ‘ भन्ने मुल नाराका साथ आगामी डिसेम्बर ४ तारिकका दिन नेपाली महिलाहरूको विश्वब्यापी सञ्जाल ‘एनडव्लुजीएन’को पाँचौ सम्मेलन पेन्सेलभेनियाको फिलाडेल्फियामा हुने भएको हो ।
आयोजक कमिटीका अनुसार डिसेम्बर ४ तारिकका दिन फिलाडेल्फियाको ड्रेक्सेल विश्वविद्यालयमा आयोजना हुने सम्मेलनमा विगतका बर्षहरुमा झैं डायस्पोरिक क्षेत्रमा रहेका लैङ्गिक विभेदप्रतिको सचेतना र समसामयिक विषयमा छलफल हुनेछ । महिलाहरुको समानता र अधिकार र समस्या समाधान हेतु प्राप्तीका लागि काम गर्दै आएको (एनडव्लुजीएन) प्रवासमा रहेका नेपाली महिलाका पक्षमा आवाज उठाउँदै आएकाले पनि संस्थाका कार्यक्रम तथा सम्मेलनलाई विषेश महत्वका साथ हेरिदैं आएको छ ।
समावेसी नेतृत्व र आर्थिक सचेतना र कानुनी सचेतनाको लागी ३ वटा समुहहरुको प्रस्तुति रहने सम्मेलनमा बिभिन्न क्षेत्रमा ख्याति कमाएका साथै पदिय उच्चता प्राप्त ४ जना महिला र २ जना पुरुष युवाहरुलाई सम्मान समेत गरिने छ । सम्मानित हुनेहरुमा सरहाना श्रेष्ठ, डा. रस्मि खनाल, डा. प्रेरणा श्रेष्ठ, अमृता देव निश्चल बास्कोटा र अनुज थापा रहेका छन् ।
कार्यक्रममा उपस्थित हुन चाहनेहरुका लागि जानकारी सहितका २ वटा लिंक आयोजक कमिटीले सार्वजनिक गरेको छ । जस मध्य एउटा अनलाईन लिंक विषेश छुटको व्यवस्था सहितको रहेको छ ।
कार्यक्रमबारे थप जानकारीका लागि तलको लिंकमा क्लिक गर्नुहोस्
For more information regarding the event/ sponsorship, please email [email protected] or contact Avima Upreti at (646)640-6022.
बिशेष छुटका लागि तलको लिंकमा क्लिक गर्नुहोस्
For Hotel Reservations: “Doubletree By Hilton Philadelphia Airport
https://www.hilton.com/en/hotels/phldadt-doubletree-philadelphia-airport
प्रतिक्रिया