US Khabar

स्थापित दल र नेतालाई शिर्ष चुनौती:रवि लामिछाने बने सर्वाधिक मतान्तरले चुनाव जित्ने पहिलो उमेद्वार

- USKHABAR | २ महिना पहिले प्रकाशित

स्थापित दल र नेतालाई शिर्ष चुनौती:रवि लामिछाने बने सर्वाधिक मतान्तरले चुनाव जित्ने पहिलो उमेद्वार

सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा रवि लामिछानेले प्राप्त गरेको मत स्थापित दल र नेतालाई चुनौती सावित भएको छ । पार्टी स्थापनाको केही महिनामा नै प्रतिनिधि सभा उमेद्वार रहेका रवि सर्वाधिक मतान्तर सहित विजयी हासिल गरेका छन् । ३४ हजार ३१२ मतान्तरले विजयी उनको मतले नेपालका वर्तमान र पूर्व प्रधानमन्त्री देखी अन्य शिर्ष नेताहरुलाई पछाडी पारिदिएको छ ।

संचारकर्मबाट उदाएका रवि चितवन क्षेत्र नं। २ बाट विजयी उमेद्वार हुन् । देशको चरम बेथितीले राजनितिमा आउनु परेको बताएका उनले स्वतस्फुर्त रुपमा जनताले दिएको मतका कारण आफुलाई बलियो विजेताका रुपमा उभ्याउन सफल भएका हुन् ।

सत्ता गठबन्धनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् राज्यमन्त्री उमेश श्रेष्ठलाई भारी मतान्तरसहित पराजित गरेका रविले चितवनबाट ५८.४७ प्रतिशत मतका साथ विजय हासिल गर्दा दशकौं राजनितिमा बिताएका शिर्ष दल र नेताहरु यस पटक उनको मत भन्दा कयौं गुणा पछाडी देखिए ।

कुल ८४ हजार ३१५ मत खसेको चितवन क्षेत्र नं. २ मा रविले प्राप्त गरेको ४९ हजार ३ सय मत जन चाहना स्वरुप खसेको मत हो । उनिसंग प्रतिस्पर्धामा रहेका श्रेष्ठले १४ हजार ९ सय ८८ मत र अर्का प्रतिस्पर्धि एमालेका कृष्ण भक्त पोखरेलले १४ हजार ६ सय ४७ मत मात्र प्राप्त गरे । पोखरेल २०७४ सालको निर्वाचनमा यस क्षेत्रबाट विजयी उमेद्वार हुन् ।

लामिछानेपछि सर्वाधिक मतान्तरले चुनाव जित्नेमा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल छन् । उनले ३४ हजार ३१२ मतान्तरले जितेका छन् ।

त्यस्तै, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यस पटक २८ हजार ५७६ मतान्तरले विजयी हुँदै मतान्तरका हिसावले तेस्रो स्थानमा र नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पनि २५ हजार २ सय २९ मतान्तरले विजयी हुँदै चौंथो शिर्ष मतान्तरको स्थानमा रहेका छन् ।

स्थापित दलका चर्चित अनुहारहरुलाई पराजित गर्दै उदाएका रविको प्रभाव यस पटक देशैभर प्रभावकारी देखियो । केन्द्रिय राजधानी काठमाडौं, ललितपुर र चितवनबाट ७ सिट हासिल गरेको उनि नेतृत्वको पार्टीले देशका बिभिन्न जिल्लामा प्राप्त गरेको मत उनिमाथिको विश्वासको मत हो ।

संचारकर्मबाट नै विश्व कृतिमानी कायम गरेका रवि जन आवाजका सवै सर्वाधिक सफल संचारकर्मी सावित हुँदै नेपाली राजिनितिमा भित्रिएका युवा हुन् । अमेरिका छोडेर नेपाल आएको केही महिनामा नै शिर्ष संचारकर्मीको भन्दा बलियो छवि स्थापित गर्न सफल रविले यस पटकको निर्वाचनमा अर्को रेकर्ड कायम गरेका छन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!