US Khabar

अमेरिकी ‘द भ्वाइस’को टप ८ घोषित हुँदै सेमिफाईनल चरण प्रवेश गरिन् परिजिता बास्तोला

- USKHABAR | २ महिना पहिले प्रकाशित

अमेरिकी ‘द भ्वाइस’को टप ८ घोषित हुँदै सेमिफाईनल चरण प्रवेश गरिन् परिजिता बास्तोला

अमेरिकी रियालिटी शो द भ्वाइसकी बहु चर्चित प्रतिस्पर्धी परिजिता बास्तोला टप ८ मा पुग्न सफल भएकी छन् । भोटिङ्ग चरण सुरु भएको द भ्वाइसमा आवश्यक भोट सहित कुशल प्रस्तुतीका कारण परिजिता टप १० बाट मंगलबार टप ८ मा प्रवेश गरेकी हुन् ।

गायिका एलेसिया काराको शब्द तथा संगीतमा रहेको स्कार्स टु योर ब्युटिफुल गीत प्रस्तुत गरेकी परिजिता नोभेम्बर २९ भएको घोषणामा आफ्ना २ प्रतिस्पर्धीलाई पछि पार्दै शिर्ष ८ घोषित भएकी हुन् । १० जनाको प्रतिस्पर्धाबाट २ जना बाहिरिए संगै अव परिजिताले बाँकी ७ जनासंग प्रतिस्पर्धा गर्ने भएकी छन् । जर्ज र दर्शकको मन जितेकी उनको प्रस्तुतीलाई गायिका काराले समेत शानदार र सुन्दर प्रस्तुति दिएको भन्दै प्रशंसा गरेकी छन् ।

परिजिताले आफु सेमिफाईनल चरणमा प्रवेश गर्नुको श्रेय आफुलाई भोट गर्ने तथा प्रंसशा सहितको हौसला प्रदान गर्ने दर्शक स्रोतालाई दिंदै धन्यवाद दिएकी छन् । उनले आफुलाई सेमिफाईनल चरणमा प्रवेश गराउने फ्यानहरुप्रति कृतज्ञता प्रकट गर्दै आफ्ना प्रशंसकलाई गर्व गर्न लायक प्रस्तुति निरन्तर दिने बाचा समेत गरेकी छन् ।

व्लाइण्ड अडिसन राउण्डदेखि एकाएक चर्चामा आएकी नेपाली किशोरी १७ बर्षियम परिजिताले आफ्नो गायन क्षमता मार्फत अमेरिका, नेपाल तथा विश्व भरका दर्शकलाई प्रभावित पार्दै आएकी छन् ।

परिजिता भोटिङ्ग राउण्ड चरणमा प्रवेस गरेसंगै उनि र उनको परिवारले अमेरिका तथा देश विदेशमा रहेका नेपालीसंग भोटका लागि अपिल गर्दै आएकी छन् । सोही अनुरुप उनलाई भोट प्राप्त भै रहेको छ ।

अमेरिकाको प्रतिष्ठित एनबिसी टिभी बाट प्रसारण हुने यस कार्यक्रमका लागि एनबिसी टिभीको वेबसाइटमा गएर भोट गर्न सकिने व्यवस्था रहेको छ ।

झापा स्थायि घर भै २५ बर्ष देखि अमेरिकाको मेरिल्याण्डमा बसोबास गर्दै आएका पंकज बास्तोला र बिरा बास्तोलाकी छोरी हुन् परिजिता ।
परिवारकी कान्छि सन्तान उनको जन्म मेरिल्याण्ड मै भएको हो । सानै बाट गायनमा रुचि राख्ने उनले सो समय गाएका गीतका भिडियोपनि सामाजिक संजालमा सार्वजनिक भएका छन् । जहाँ उनले बच्चा बेलामा पनि कुशल गायनका साथ किबोर्ड र गीतार सहित गीत प्रस्तुत गरिहेको देख्न सकिन्छ ।

व्लाइण्ड अडिसनबाट नै उनको प्रस्तुतीले सवै कोचको मन जितेको थियो । यो संगै उनका बारेमा पनि देश विदेशका समाचारगृहले खोजि गरेर समाचार सामग्री तयार गरेका थिए भने अमेरिकी सञ्चार माध्यमले उनिसंग अन्तरवार्ताहरु गर्दै आएका छन् । जसमा उनले आफु नेपाली भएको कुरा उल्लेख गर्दै आएकी छन् । अडिसनबाट नै उनले आफु नेपाली भएको बताएका कारण पनि पछिल्लो समय उनका नेपाली प्रशंसक ज्यादा देखिएका छन् ।

अमेरिकी द भ्वाईस प्रतियोगितामा सहभागी हुने पहिलो नेपाली मुलकी अमेरिकी किशोरी हुन् पराजिता । अमेरिकामा नै जन्मिएकी उनलाई अंग्रेजी गीत गाउन सजिलो हुने नै भयो तर उनले नेपाली गीतहरु पनि मिठोसंग गाउदै आएकी छन् । नारायण गोपाल, साजन राज बैद्य लगायतका गीतहरुमा उनले भरेको आवाजले सामाजिक संजालमा चर्चा पाईरहेका छन् ।

गायन र पढाई दुवैमा राम्रो गर्दै अघि बढेकी पराजिता विद्यालयमा उत्कृष्टता हासिल गरेर प्रेसिडेन्ट अवार्ड देखी हरेक परीक्षामा अनरोल अवार्ड समेत प्राप्त गर्न सफल बिद्याथी पनि हुन् । सामाजिक काममा रुचि भएकी उनि पछिल्लो समय समुदायको काम र स्थानीय राजनीति बुझ्न सेभेर्ना पार्क डेमोक्रेटिक क्लबसंग को कार्यकारी सदस्यका रुपमा आवद्ध छिन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!