US Khabar

चिनियाँ अर्बपति तथा अलिबाबाका संस्थापक परिवार सहित जापानमा लुकेर बसेको तथ्य सार्वजनिक

- USKHABAR | २ महिना पहिले प्रकाशित

चिनियाँ अर्बपति तथा अलिबाबाका संस्थापक परिवार सहित जापानमा लुकेर बसेको तथ्य सार्वजनिक

चिनियाँ अर्बपति तथा इ–कमर्स साइट अलिबाबाका संस्थापक ज्याक मा जापानमा लुकेर बसेको तथ्य सार्वजनिक भएको छ। फाइनान्सियल टाइम्सले बुधबार धेरै अज्ञात स्रोतहरूलाई उद्धृत गर्दै सार्वजनिक गरेको रिपोर्टमा अलिबाबाका संस्थापक ज्याक परिवारसहित जापानमा लुकेर बसेको तथ्य सार्वजनिक भएको हो ।

प्राविधिक क्षेत्रमा चीनको क्र्याकडाउन पछि सार्वजनिक दृष्टिकोणबाट लगभग छ महिनादेखि हराईरहेका उनि जापानको टोकिोमा बस्दै आएको सुचना सार्वजनिक भएपछि यस समाचारलाई विश्व संचार माध्यमले प्रमुखता साथ प्रकासन तथा प्रसारण गर्दै आएका छन् ।

सार्वजनिक सुचना अनुसार उनले विगत छ महिनामा आफ्नो परिवारसँग टोकियो र जापानका अन्य भागहरू साथै संयुक्त राज्य अमेरिका र इजरायलको भ्रमणमा बिताएका थिए ।

सरकारी नीतिको विरोध गर्दा आफू असुरक्षित रहेको भन्दै ज्याक मा चीन बाहिर बस्दै आएका आउनुका जापानबाट नै उनले साथै आफ्नो व्यवसायिक चासोलाई दिगोपनमा विस्तार गर्न खोजिरहेको पनि उल्लेख रहेको छ ।

अलिबाबाविरूद्ध नियामक निकाय कठोर भएपछि ज्याकले आर्जन गर्दै आएको आर्थिक स्रोत आधा घटेको अर्थात ५० अर्ब डलरबाट उनको सम्पत्ति २१.७ अर्ब डलर पुगेको बताईएको छ । नियामक निकायले शेयर बजारमा अलिबाबाको ३४ अर्ब बराबरको पैसा रोक्का गरिदिएका छन् भने माको स्वामित्वमा रहेको साउथ चाइना मर्निङ पोस्ट बेच्नका लागि पनि निर्देशन दिएको छ।

दुई वर्षअघि सांघाईमा भएको सम्मेलनमा चिनियाँ नियामक निकायहरूले प्रविधि कम्पनीमाथि गर्ने व्यवहारको आलोचना भएपनि उनि विवादमा तानिएका थिए । अनावश्यक नियम थुपारेर नियम उल्लंघनका लागि राज्यले नै प्रेरित गरिरहेको बताउँदै आएका ज्याकले चीनको नेतृत्व र नियामक निकायले आविष्कार भनेकै त्रुटि सधार्दै हुने तर यहि कुरा चिनले नबुझेको उनको तर्क रहेको छ ।

उनले चीनले प्रविधि कम्पनीलाई निरूत्साहित गर्न खोजेको भन्दै सरकारी नीतिको विरोध गरेपछि राष्ट्रपति सी चिनफिङ उनीप्रति आक्रोशित बनेका थिए।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!