US Khabar

९ बर्ष लामो प्रेम सम्बन्ध भोली विवाहमा परिणत गर्दै कलाकार संयम पुरी र आश्मा दाहाल

- USKHABAR | २ महिना पहिले प्रकाशित

९ बर्ष लामो प्रेम सम्बन्ध भोली विवाहमा परिणत गर्दै कलाकार संयम पुरी र आश्मा दाहाल

करीब ९ बर्ष लामो प्रेम सम्बन्धलाई भोली विवाहमा परिणत गर्दै कलाकार संयम पुरी र आश्मा दाहाल

लामो समयको प्रेम सम्बन्ध पछि कलाकार संयम पुरी र आश्मा दाहाल भोली अर्थात मंसीर १६ गते विवाह बन्धनमा बाँधिदै छन् । कलाकारिता पृष्ठभूमिबाट आएका संयम र आश्माले आफ्नो करीब ९ बर्ष  लामो प्रेम सम्बन्धलाई मंसीर १६ शुक्रबार गते विवाहमा परिणत गर्ने भएका हुन् ।

चर्चित निर्देशक नारायण पुरीका छोरा संयम र गोपीकृष्ण फिल्म हलका म्यानेजर प्रदीप दाहालकी छोरी आश्माको विवाहको भव्य तयारी भै रहको छ । बुधबार महाराजगञ्ज स्थित एक पार्टी प्यालेसमा उनीहरुको मेहेन्दी उत्सवको आयोजना समेत भएको थियो जहाँ जहाँ स्वस्तिमा खड्का, निश्चल बस्नेत, हेमराज बिसी, सरोज न्यौपाने, मनिष पण्डित सहित उनीहरु निकट चलचित्र कर्मीको उपस्थिती रहेको थियो ।

पछिल्लो समय अमेरिकामा बस्दै आएका उनीहरुको विवाह शुक्रबार बौद्धस्थित हायात होटलमा हुने भएको छ । आफन्त र निकट साथीलाई मात्र विवाह समारोहमा बोलाइएको भएपनि संयम र आश्माका बुवाहरु पनि चलचित्र क्षेत्रमा आवद्ध रहेका विवाहमा २ सय जना जन्ती उपस्थित हुने जनाइएको छ ।

विवाहको लागि अमेरिकाबाट नेपाल आएका संयम र आश्माको रिसेप्सन पार्टी भने गोकर्णस्थित नर्लिङ रिसोर्टमा हुनेछ ।

चलचित्र ‘आभास’मा स्क्रिन सेयर गरेका संयम र आश्माको जोडीलाई धेरैले मन पराएका थिए ।

सायद ग्याङस्टर ब्लुज, रातोघर, नाइँ नभन्नु ल ३, आभास, पुन्टे परेड, सायद लगायतका चलचित्रबाट कुशल अभिनेताको छवि स्थापित गरेका संयम सानैबाट कलाकारिता क्षेत्रमा प्रवेश गरेका कलाकार हुन् । उनले बाल कलाकारका रुपमा अभिनय गरेका चलचित्र पनि सो समय सफल चलचित्रका रुपमा रहेका थिए ।

त्यस्तै आश्माले आभाष सहित चलचित्र ‘रामप्यारी, नाइँ नभन्नु ल ३ गरेकी छन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!