काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र नेपालका लागि अमेरिकी राजदूत डीन आर. थम्पसनबीच भेटवार्ता भएको छ । मेयर बालेन र राजदूत थम्पसनबीच बिहीबार राष्ट्रियसभा गृहस्थित मेयर शाहको कार्यकक्षमा भेटवार्ता भएको हो ।
अमेरिकाका फेडरिसवर्ग, बोल्डर, युजिन सहर र रोचेष्टर शहरसँग काठमाडौँ महानगरको भगिनी सम्बन्ध रहेकाले पनि यस भेटलाई महत्वका साथ हेरिएको छ ।
आपसी परिचयात्मक शिष्टाचार भेट का रुपमा रहेको यस भेटवार्तामा राजदूत थम्पसनले महानगरसंग स्तरीय र दिगो सम्बन्धका लागि आफू प्रतिवद्ध रहेको बताउँदै अपसी सहकार्यका विषयमा आफ्ना धारणा राखेका थिए ।
भेटमा सम्पदा संरक्षण तथा प्रवर्धन, आपसी सिकाई तथा हित प्रवद्धन शहरी विकासका आपसी सिकाई र अभ्यास तथा द्विपक्षीय सम्बन्धका बारेमा छलफल भएको छ ।
प्रतिक्रिया