काठमाण्डौ महानगरपालिकाले थापाथलीको सुकुम्बासी बस्ती खालि गर्ने विषयमा विवाद बढिरहेकै बेल राष्ट्रिय भूमि आयोगले विज्ञप्ती जारी गर्दै सुकुम्बासी बस्ती नहटाउन सुचना जारी गरेको छ । ठुलो संख्यामा महानगर प्रहरी घाईते हुने गरि आक्रमण भएको सुकुम्बासी बस्तीको पक्षमा उभिएर राष्ट्रिय भूमि आयोगले शुक्रबार बस्ती खालि नगर्न गोरखापत्र दैनिकमा ३५ दिने सुचना जारी गरेको हो ।
यस घटना सम्बन्धमा महानगरले पनि छुट्टै सुचना सार्वजनिक गरेको छ । महानगरले सरकारी , सार्वजनिक वा सामुदायिक सम्पत्ती हानी नोक्सानी वा क्षति पुर्याएमा वा नष्ट गरेमा सम्बद्ध पक्षलाई कानुन बमोजिन कारवाही एवं हानि नोक्सानी वापतको क्षतिपूर्ती समेत कानुन बमोजित कारवाही गरिने सुचनामा उल्लेख गरेको छ ।
सुकुम्बासी बस्ती हटाएको सम्बन्धमा आयोग र महानगरले आज छुट्टाछुट्टै सूचना जारी गर्दै यस विषयमा बोलेपछि यस विषयमा आम जनता पक्ष विपक्षमा उभिएका छन् ।
राष्ट्रिय भूमि आयोगले तत्कालका लागि भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीका बस्ती नहटाउन पालिकालाई अनुरोध गरेपछि धेरैले यस कुराको विरोध सामाजिक संजाल मार्फत जनाएका छन् ।
आयोगले काठमाण्डौ महानगरपालिकासहित सबै पालिकालाई भूमिहीन तथा सुकुम्बासी असुरक्षित हुने कुनै पनि काम नगर्न÷नगराउन सूचना मार्फत् जानकारी गराएको छ ।
आयोगले पालिकासँग कार्य सहमति पत्रमा हस्ताक्षर भइ भूमिहीन, दलित, सकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने काम भइरहेको समेत जनाएको छ । तर महानगरले सार्वजनिक गरेको सुचनामा यसबारेमा उल्लेख छैन ।
महानगरपालिकाले सार्वजनिक सम्पत्ति संरक्षण गर्नेसम्बन्धी दायित्व स्थानीय सरकारको रहेको भन्दै कानुनको पालना गर्न महानगरभित्रका सङ्घ, सङ्गठन, निकाय, समूह, व्यक्तिलाई सचेत गराएको छ ।
प्रतिक्रिया