प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा दुई युवाले ज्यान गुमाएपछि मत गणना रोक्किएको बाजुरामा ढिलो गरि मत गणना गर्दा समेत अर्को विवाद खडा भएको छ । सम्पन्न निर्वाचन अन्तर्गत बाजुरामा मुचुल्का भन्दा धेरै मत भेटिएपछि मतगणना पुन रोक्किएको छ ।
मतदान अधिकृतले मुचुल्का गरेको भन्दा ४० मत धेरै रहेको भेटिएपछि बाजुराको हिमाली गाउँपालिका–६ धिम मतदान केन्द्रको मतगणनाका मतगणना पुन रोकिएको हो ।
प्रतिनिधि सभाको मतगणना गर्दा मतदान मुचुल्का गरेको भन्दा धेरै मत भेटिएपछि बाजुरा फेरी पनि विवादमा देखिएको छ ।
पछिल्लो विवरण अनुसार कांग्रेसका बद्रि पाण्डेले ५ हजार ३ सय ९९ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी एमालेका कर्ण थापाले ४ हजार १ सय ३० मतसहित प्राप्त गरेका छन् । पाण्डे र थापाबीचको मतान्तर १ हजार २ सय ६९ देखिएको छ । यस पछिको मत गणना भने स्थगित भएकाले अर्को सुचना जारी नहुँदा सम्म रोक्किएको छ ।
प्रतिक्रिया