नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले प्रचण्ड भ्रष्टाचारीको नायक भएको बताएका छन् । रफत सञ्चार क्लबमा सोमबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै बिजुक्छेंले प्रचण्डको बिवाहको पचासौं बर्षको बर्षगाठमा पप्पु कन्सट्रकसनको पैसोले पाँच तारे होटेलबाट मगाएका भोज खुवाएसँगै उनी भ्रष्टचारको नायक भएको आरोप लगाएका हुन् ।

भ्रष्टाचारको मुख्य अखडा शितल निवास, बालुवाटार र सिंहदरवार भएको बताउदै उनले ठग र दलालको घेरामा रहेर भइरहेको निरन्तर कामकै कारण भ्रष्टाचारको अखडाका रुपमा यी क्षेत्र परिचित बनेको बताए ।

ओली र प्रचण्डको पूँजीबादी ब्यवस्थाले ब्यक्ति धनी हुने प्रतिप्रस्र्धाकै कारण सिहदरबार, बालुवाटार र शितल निवासमा निरन्तर भईरहेको भ्रष्टाचार हाल स्थानीय निकायमा सरेको भन्दै सिंहदरवारको अधिकार गाउँ गाउँ भन्ने नारा निरन्तर भइरहेको भ्रष्टाचारले प्रमाणित गरेको उहाँले बताउँदै वर्तमान सरकार नाममा मात्रको कम्युनिष्ट सरकार भएको भन्दै सरकारको आचरणलाई नियाल्ने हो भने गरीवका लागि कुनै काम नगरी सबै धनीको हितमा भएकाले यो कम्युनिष्ट सरकारका नभएको उनको भनाई छ ।

वर्तमान सरकारले संसदमा दर्ता गरेको मिडिया बिधेयक सरोकारवालाहरु सँग परामर्श नगरि एकोहोरो रुपमा ल्याउनु गलत भएको भन्दै यसले नागरिकको मौलिक अभिब्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने र यसका बारे बिभिन्न देशको बारेमा जानकारी लिनु पर्ने बताए ।

नेताहरुको अदुर सोच, मुखलाई नियन्त्रण गर्न नसक्दा देशमा संघियता कार्यान्वयनमा जटिलता देखा परेको र हालका मुख्य मन्त्रीहरुले बिगतमा गरेको संंघियताका बारे हस्ताक्षर नबुझेरै गरेको हाल मुख्य मन्त्रीहरुको ब्यवहारले प्रष्टाएको उनले बताए ।

Comments

comments