श्रीमानबाट यातना सहंदै आएकी १९ बर्षकी किशोरी झुण्डिएको अवस्थामा भेटिएपछि हत्याको आशंका गरिएको छ । आफैं भागेर बिबाह गरेकी मोरङको लक्ष्मीपुर निबासी मोनालिसा नामकी ति किशोरी ८ महिनाको गर्भ सहित मृत फेला परेपछि माईतीपक्षले उनको हत्या श्रीमानले गरेको दावि गरेका हुन् ।

मोरङको उर्लाबारी भन्दा पाँच किलोमीटर दक्षिण दुर्गापुरी भन्ने ठाउँ माइतीघर भएकि मोनालिसा नाम गरेकी किसोरीको करिब तिन बर्षको प्रेम सम्बन्ध रहेको थियो लक्ष्मीपुर निबासी बिशाल चार संग भागेर बिबाह गरेकि थिइन् ।मोनालिसाकी आमाका अनुसार बिबाह भएको दुइ बर्ष बितिसक्दा पटक पटक पतिबाट यातना भोग्दै भएपनि स्कुलमा पढाउदै गुजारा चलाउदै गरेकी थिइन् ।

मृतक मोनालिसाी आमाका अनुसार ज्वाइले पटक पटक शारीरिक तथा मानसिक तनावमा राख्ने गरेका थिए ।

सुपर अनलाईन टिभिका समिर सुबेदीले मृतक मोनालिसाको आमासंग लिएको भिडियो अन्तरवार्ता

 

 

Comments

comments