US Khabar

पछिल्लो ९ महिनामा आफ्ना १३ हजार सुरक्षाकर्मी मारिएको युक्रेनको दावि: २०१४ बाट सुरु शितयुद्ध

- USKHABAR | २ महिना पहिले प्रकाशित

पछिल्लो ९ महिनामा आफ्ना १३ हजार सुरक्षाकर्मी मारिएको युक्रेनको दावि: २०१४ बाट सुरु शितयुद्ध

रसियाली अक्रमणमा परेको युक्रेनले ९ महिनाको अवधिमा आफ्ना १३ हजार युक्रेनी सुरक्षाकर्मी मारिएको जनाएको छ । किभस्थित सरकारी अधिकारीहरूका अनुसार रुसले आक्रमण गरेयता ९ महिनाको अवधिमा १३ हजार सुरक्षकर्मी मारिएको तथ्य सार्वजनिक भएको हो ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका सल्लाहकार मिखाइलो पोदोलियाकद्वारा सार्वजनिक तथ्यांकमा उल्लेख भए अनुसार यो तथ्य शीर्ष कमाण्डबाट आएका आधिकारिक तथ्याङ्क हो ।

गत महिना अमेरिकाका उच्च सैन्य अधिकारीले रुसको आक्रमणबाट युक्रेनमा आफ्ना एक लाख भन्दा बढी सैनिकहरू मारिनुका साथै घाईते भएको दावि गरेको थियो । तर युक्रेनले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्गमा अमेरिकाको दाविबारे भने उल्लेख छैन । युक्रेनले आफ्ना १३ हजार सुरक्षाकर्मी ९ महिनाको अवधिमा मारिएको बताएको छ ।

२०१४ बाट सुरु भएको रुस र युक्रेन शितयुद्ध

रुस र युक्रेन विचको शितयुद्ध सन् २०१४ फेब्रुअरीबाट सुरु भएर आजको भयावह अवस्थासम्म आईपुगेको हो । सन् २०१४ फेब्रुअरी २२ का दिन युक्रेनका राष्ट्रपति भिक्टर यानुकोभिच पदबाट हटेपछि सैन्य आतंक सुरु भएको तत्कालिन समयमा दर्ज्यानी चिन्ह बिनाका रुसी सेनाले क्रिमियाको रणनीतिक स्थान तथा पूर्वाधारहरु नियन्त्रणमा लिएका थिए । यसको ३ महिना पछि अर्थात सन् २०१४ मार्च १ का दिन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई रुसको सङ्घीय परिषदले सर्वसम्मत रुपमा युक्रेनमा रहेको सैन्य बलको प्रयोग गर्न संकल्प प्रस्ताव पारित गरेसंगै रुसी सैन्य कारबाही भएको थियो। जसलाई “क्रिमियाको फिर्ती“ शिर्षकले चिनिन्छ । जनमत संग्रह सम्म गएर रुसले क्रिमियाको विलय गराएको थियो। क्रिमिया स्वायत्त गणतन्त्रका जनताले रुसी महासङ्घमा जोडिने प्रस्तावमा मतदान भएको यस जनमत सङ्ग्रहको समेत तत्कालिन समयमा विश्वव्यापी आलोचना भएको थियो ।

यसको समर्थनमा अप्रिलमा युक्रेनको दोनबास क्षेत्रमा रहेका रुस–समर्थक समूहले प्रदर्शन गरेपछि आक्रोशित युक्रेन सरकारले विरोध जनाएको थियो । यसको बदलामा ४ महिना पछि अर्थात अगस्टमा रुसी सैन्य दोनेक्स क्षेत्रका कयौँ स्थानमा सिमापार गरेर बनाएको युद्ध रणनिती अनुरुप सेप्टेम्बरमा युक्रेनी सैन्य शक्ती पराजित हुनु परेको थियो । सैन्य शक्तीको आडमा रुसले चालेको यस कदम पनि अत्यन्त आलोचित बनेको थियो ।

सन् २०१५ को अक्टोबरमा रुसले आफ्नो केही सैन्य एकाइलाई युक्रेनबाट सिरियामा राष्ट्रपति बसर अल असदको सहायताको लागि परिचालन गरेको गरेको समेत खबर बाहिरिएको थियो । २०१५ डिसेम्बरमा, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी सैन्य गुप्तचर अधिकारी युक्रेनमा काम गरिरहेको स्वीकार गरेकाले पनि रुस युक्रेनमाथी सुरुवाती दिनबाट नै आक्रमक सोचमा रहेको पुष्टी गर्छ ।

संधै जसो विवादमा रहने यि दुई देशको शितयुद्ध सन् २०१९ फेब्रअरी सम्म आईपुग्दा युक्रेनको ७% भूभाग बाहिरी नियन्त्रणमा पुगिसकेको थियो । सोही बर्ष युक्रेनी सरकारी सेना र रुसी समर्थित पृथकतावादीबीच द्वन्द्व भयो जसमा एक सय भन्दा बढी युक्रेनी सैनिक मारिए ।
सन् २०१९ मा भोलोदोमिर जेलेन्स्की युक्रेनी राष्ट्रपति पदमा निर्वाचित भएर आउँदा डोनबासमा युद्ध अन्त्य गर्ने वाचा गरेका थिए जो यतिवेला पनि आफु जनतासंग रहेको अभिव्यक्ती पटक पटक सार्वजनिक गर्दै आईरहेका छन् ।

२०१९ मा युक्रेन र रुस समर्थक पृथकतावादीहरूले युद्धका बन्दीलाई साटासाट गर्ने निर्णय गरेसंगै २९ डिसेम्बर २०१९ का दिन करिव दुई सय युद्धबन्दी साटासाट गरिएको थियो ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले जति नै पहल गरेपनि युक्रेनमाथीको रुसको दवदवाको श्रृंखला रोकिएन । सन् २०२० मा भएको युक्रेनी सेना र रुस समर्थित पृथकतावादीबीचको द्वन्द्वमा पनि ५० युक्रेनी सैनिक मारिएका थिए ।

अन्तराष्टिय चासोको विषय बन्दै आएको यस युद्ध रोकिने भन्दा चर्कर्ने दिशातर्फ अघि बढ्यो सन् २०२१ को सेप्टेम्बरमा युक्रेनले नेटो सेनासँग गरेको सैन्य अभ्यास । युरोप आक्रमणको बेला अवरोध गर्ने तथा पश्चिमी युरोपको देशहरूलाई एकतापूर्वक संगठित गर्ने उदेश्यले स्थापित नेटोबाट युक्रेनले सैन्य अभ्यास गर्नुको मुख्य कारण रुसको आक्रमणबाट बच्न युक्रेन अन्य सबै देशसंग मित्रवत व्यवहारको अपेक्षामा थियो । त्यसको केही समय अघि मात्रै रुसी रक्षा मन्त्रालयले कालो सागरमा अमेरिकी युद्धपोत तैनाथलाई क्षेत्रीय सुरक्षा र रणनीतिक स्थायित्वका लागि खतरा भएको बताएको थियो । यसरी दोस्रो विश्वयुद्धबाट जोडिएको रुसको युद्धको आगोले सन् २०२२ मा आईपुग्दा उग्र रुप लिएको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!