‘उँडायो सपना सबै हुरीले’, ‘त्यो नजरको बयान गरुँ कसोरी’, ‘चिसो सिचो सिरेटोमा हिउँ पर्ला’, ‘म संग रात रात भर’, ‘तिम्रो हँसिलो मुहारमा कालो टिका’ जस्ता कालजयी गीतका गायक मुरलीधरले अमेरिकाको मेरिल्याण्डमा आफ्नो एकल साँझ सम्पन्न गरेका छन् । मेरिल्याण्डको गेथर्सबर्गमा नेपाली कलाकार र दर्शकहरुको बाक्लो उपस्थितीका बिच शनिवार मुरलीधर साँझ सम्पन्न भएको हो ।

नेपाली र भारतिय सिने जगतमा समेत अत्यन्त राम्रो कलाकारको छवि बनाएका मुरलीधरको मेरिल्याण्डको कार्यक्रमा उनका प्रशंसकहरु उत्साहका साथ सहभागी भएका थिए । नेपाली, हिन्दी, मैथली भोजपुरी लगायतका सयौं गीतमा आवाज दिएका मुरलिधर आफैंमा राम्रा गीतकार र संगीतकार समेत हुन् ।

अमेरिकामा रहेका आफ्ना नेपाली दर्शकलाई भेट्ने मुरलीधरको चाहना अनुसार मुरलीधर साँझका लागि डिसी क्षेत्रका सामाजिक अभियन्ताहरु सीता पाण्डे ,बिष्णु कु थापा ,मंजु संग्रौला ,प्रकाश नेपाल ,पुस्कर पन्त ,गोपाल बिश्वकर्मा तथा बिजया शाहले नेपाली समुदायलाई मुरलीधर साँझमा उपस्थितीका लागि आह्वान गरेका थिए ।

शास्त्रिय संगीतको माहौलमा अत्यन्त आकर्षक रुपमा आयोजित मुरलिधर साँझमा उनको गायनका लागि तबलामा प्रमोद उपाध्याय ,गिटारमा बिश्व राज थापा तथा सुगन्ध श्रेष्ठले साथ दिएका थिए ।

कार्यक्रमको समापनमा वरिष्ठ लोक गायक प्रेम राजा महत बिशेष धन्यवाद दिएका थिए । कार्यक्रममा मुरलीधरले आफ्ना चर्चित गीतहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा सीता पाण्डेले स्वागत गरेकी थिइन् भने बिष्णु कुमारी थापाले पनि बोलेकी थिइन् ।

गायक कन्हैया सिंह, पुस्कर पन्त लगायतको समेत प्रस्तुती रहेको कार्यक्रममा केसी डान्स सेन्टर का कलाकारहरुले नेपाली स.स्कृती झल्माउने नृत्य प्रस्तुति गरेका थिए ।

 

Comments

comments