US Khabar

मेयर बालेन र अमेरिकन राजदुतको भेटमा भिम रावलको आपत्ती: बालेनले दिए कडा जवाफ

- USKHABAR | २ महिना पहिले प्रकाशित

मेयर बालेन र अमेरिकन राजदुतको भेटमा भिम रावलको आपत्ती: बालेनले दिए कडा जवाफ

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र नेपालका लागि अमेरिकी राजदूत डीन आर। थम्पसनबीच विहिबार भएको भेटवार्तालाई लिएर एमाले नेताले आपत्ती जनाएपछि मेयर बालेन पनि कडा प्रतिकृयात्मक जवाफमा उत्रिएका छन् ।

अमेरिकन राजदुतले विहिबार राष्ट्रियसभा गृहस्थित मेयर बालेन शाहको कार्यकक्षमा गरेको भेटवार्तालाई लिएर आफ्नो फेसबुकमा स्ट्याटस राख्दै आपत्ती जनाएका नेता रावलको जवाफमा मेयर बालेनने पनि फेसबुक मार्फत नै सार्वजनिक जवाफ दिएका हुन् ।

रावलले सो भेटमा परराष्ट्र मन्त्रालयबाट अनुमतिको कुरा उठाउँदै स्पस्टिकरण शैलीमा प्रश्न गरेपछि १ घण्टा भित्र नै मेयर बालेनले नेता रावललाई जवाफमा भने,’ हामीलाई तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने कुनै रहर छैन ।’

परिचयात्मक भेटमाथी नेता रावलले संविधान र स्वाधीन देशको स्वाभिमान र मर्यादाको रक्षाको कुरा उठाएपछि मेयर बालेनले जवाफमा नेताहरु जस्तो आफु गैर जिम्मेबार नरहेको स्पष्ट पार्दै अमेरिकी राजदूतले आफुहरुलाई पटक पटक भेट्न खोज्दा आफुहरुले चाहिँ बरु उल्टै राजदुतलाई परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आउनुस् भनेपछि परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आएपछि मात्र विहिबार आफुहरुले राजदुतलाई भेट्ने अनुमति दिएको उल्लेख गरेका छन् ।

विहिबारको भेट मेयर बालेन र राजदूत थम्पसनको पहिलो भेट हो । आपसी परिचयात्मक शिष्टाचार भेट का रुपमा रहेको यस भेटवार्तामा सम्पदा संरक्षण तथा प्रवर्धन, आपसी सिकाई तथा हित प्रवद्धन शहरी विकासका आपसी सिकाई र अभ्यास तथा द्विपक्षीय सम्बन्धका बारेमा छलफल भएको थियो । तर भेटलाई नै लिएर नेता रावलले प्रश्न गरेपछि मेयर बालेनले नेताको जस्तो देशको गरिममा आँच आउने गरि जसले दिएपनि हात थापिहाल्ने चलन आफुहरुको नभएको आषय सहितको जवाफ दिएका हुन् ।

यस्तो छ नेता भिम रावल र मेयर बालेन शाहको सार्वजनिक स्ट्याटस

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!