काठमाडौं-  सुमधुर आवाजका धनी गायक प्रनिश बुढाथोकीको नायाँ गीत दाईकी सालीको म्युजिक भिडियो सार्बजनिक भएको छ ।

बुढाथोकीको स्वर तथा सिम्पल किरातीको शब्द रहेको यस गीतलाई संगीतकार अविनाश राइले संगीत भरेका छन् ।

डान्सिङ बिटमा रहेको यस गीतको म्युजिक भिडियो समेत आकर्षक बनेको छ । छायाँकार उत्सब दाहालको छायांकन रहेको यस म्युजिक भिडियोलाई निर्देशक अनुप चापागाईंले निर्देशन गरेका हुन् ।

म्युजिक भिडियोमा चर्चित मोडल अलिशा शर्मा, सुनिल क्षेत्रि तथा नब मोडल करण श्रेष्ठको नृत्य तथा अभिनय देख्न सकिन्छ । भिडियोलाई बिकाश दाहालले सम्पादन गरेका छन् भने त्रिशा बुढाथोकीले निर्माण गरेकी छिन ।

भिडियो हेर्नुहोस्—

Comments

comments