US Khabar

६ महिना भित्र मानव मस्तिष्कमा कम्प्युटर चिप परीक्षण गर्ने एलन मस्कको घोषणा

- USKHABAR | २ महिना पहिले प्रकाशित

६ महिना भित्र मानव मस्तिष्कमा कम्प्युटर चिप परीक्षण गर्ने एलन मस्कको घोषणा

विद्युतीय कार निर्माता कम्पनी टेस्ला तथा रकेट निर्माता कम्पनी स्पेस एक्सका सीईओ एलन मस्कले आगामी ६ महिनाभित्र मानव मस्तिष्कमा कम्प्युटर चिप परीक्षण गर्ने घोषणा गरेका छन्।

मस्क फाउन्डेसनका अध्यक्ष एवम् न्युरालिंकका सह–संस्थापक एलन मस्कले आफ्नो कम्पनीद्वारा तयार पारिएको वायरलेस ब्रेन चिप ६ महिना भित्र मानसिको मस्तिष्कमा राखेर परिक्षण गर्ने घोषणा गरेका हुन् ।

३ खर्ब डलर सम्पत्ति हुने इतिहासकै पहिलो व्यक्तिका रुपमा समेत परिचित मक्सले बुधबार न्युरालिंकद्वारा आयोजित एक कार्यक्रममा मानिसको दिमागमा ६ महिनाभित्र कम्प्युटर चिप हालेर परीक्षण सुरू हुने बताएका हुन्।

चर्चित सामाजिक सञ्जाल ट्विटर र अन्तरिक्ष अन्वेषण कम्पनी ‘स्पेस-एक्स’को मालिक समेत रहेका मक्सको सन् २०१६ मा सञ्चालित न्युरालिंक एक हेल्थ (स्वास्थसम्बन्धी) टेक कम्पनीले मानिसको मस्तिष्कमा प्रत्यारोपण गर्नका लागि चिप तयार पारिसकेका छन् ।

एउटा चिप आफ्नो दिमागमा पनि राख्ने बताएका मस्कका अनुसार यो चिपले आँखा नदेख्ने व्यक्तिले आँखा देख्न सक्ने बनाउँदछ भने शरीरको कुनै भागहरू नचलेको व्यक्ति समेत सामान्य अवस्थामा फर्कन सक्दछ ।

‘मानिसको दिमागमा यो चिप राख्नुअघि यसले राम्रोसँग काम गर्छ भन्नेमा हामीले सुनिश्तित गर्न आवश्यक छ,’ मस्कले भने।  चिप मार्फत कुनै पनि व्यक्तिको दिमाग कम्प्युटरसँग जोडिन्छ र, यसलाई कम्प्युटर वा मोबाइल फोनबाट कन्ट्रोल गर्न सकिन्छ।

मस्कका अनुसार कम्पनीले एफडिएमा स्वीकृतिको लागि आवश्यक कागजातहरू प्रस्तुत गरिसकेको भएपनि हालसम्म कम्पनीले उक्त चिप बिक्रीको लागि खाद्य तथा औषधि प्रशासन (एफडिए) बाट स्वीकृति पाएको छैन। त्यसैले पनि यस प्रकृया पुरा गर्न ६ महिना अवधि छुट्टाएर मक्सले यो परिक्षण मानव मस्तिष्कबाट गर्ने भएका हुन् ।

यस अघि यो चिपको परिक्षण जनावरहरूमा गरिसकिएको छ । केही समय अघि बाँदर र सुँगुरको दिमागमा चिप प्रत्यारोपण गरेर परीक्षण गरेको चिप सम्बन्धि भिडिओहरू सामाजिक सञ्चालमा भाइरल समेत भएका थिए ।

एलन मस्कको जन्म दक्षिण अफ्रिकामा भएको हो। उनकी आमा क्यानेडियन र बाबु दक्षिण अफ्रिकी हुन्। मस्कको व्यवसायिक सुरुआत २७ वर्षको उमेरमा भएको थियो । त्यस यता उनले गरेका नयाँ परिक्षण र व्यवसायिक सफलता विश्व बजारमा प्रसिद्ध रहेका छन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!