US Khabar

अछाममा बँदेलको आक्रमणमा परि गाउँपालिकाका कार्यलय सहयोगीको मृत्यु

- USKHABAR | २ महिना पहिले प्रकाशित

अछाममा बँदेलको आक्रमणमा परि गाउँपालिकाका कार्यलय सहयोगीको मृत्यु

अछाममा बँदेलको आक्रमणमा परि एक जनाको मृत्यु भएको छ । बँदेलको आक्रमणबाट शनिबार अछामको मेल्लेख गाउँपालिका – ६ शोषशाका ४० वर्षीय केशर बोहराको ज्यान गएको हो ।

बँदेलको आक्रमणबाट गम्भिर घाईते भएका बोहरालाई बयालपाटा अस्पताल लगिएको भएपनि शरिरका विभिन्न भागमा गम्भिर चोटपटक लागेकाले उनलाई बचाउन नसकिएको उपचारमा संलग्न चिकित्सकले जनाएका थिए ।

मेल्लेख गाउँपालिकामा कार्यलय सहयोगी पदमा कार्यरत मृतक बोहरा शनिबार कार्यलय बन्द रहेकाले घरमै रहेका थिए । घर नजिकै उनिमाथी बँदेलले आक्रमण गरेको हो ।

पछिल्लो समय अछाम जिल्लामा जंगली जनावरहरुको आतंक बढ्दो क्रममा रहेको छ । लेकाली भेगमा मात्र नभएर गाउँ नजिकसम्म पनि जंगली जनावरहरुको बिगबिगी छ । किसानहरुले लगाएका विभिन्न बालीहरु जंगली जनावर बँदेल, भालु, बाँदर लगायतले नष्ट गर्न थालेपछि यहाँका नागरिकहरु चिन्तित बनेका छन् ।

जिल्ला प्रशासन कार्यालयले जंगली जनावरहरु लेकतिर चिसो बढेपछि गाउं पस्न थालेकाले नजिक आउने भएकाले उनीहरुको आक्रमणबाट बच्न र समूहमा हिँड्न अनुरोध गरिएको अछाममा पछिल्लो समय गाउँ नजिक जंगली जनावरहरुको आतंक रहदैं आएको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!