गैर आवासिय नेपाली संघ एनआरएनए अमेरिकाका अध्यक्ष बुद्धि सागर सुवेदीले अमेरिकी रियालिटी शो द भ्वाइसकी बहु चर्चित प्रतिस्पर्धी परिजिता बास्तोलालाई भोग गर्न अनुरोध गरेका छन् । एनआरएनए अमेरिकाका अध्यक्ष सुवेदीले द भ्वाइसको शिर्ष ८ मा रहेकी नेपाली चेली परिजितालाई जितान आवश्यक भोटका लागि अपिल गरेका हुन् ।
एनसिसि अध्यक्ष सुवेदीले परिजिता शिर्ष ८ मा पुगेकोप्रति खुसी व्यक्त गर्दै उनलाई भोट गर्ने समय र भोट गर्ने तरिका समेतको जानकारी दिंदै सामाजिक सञ्जाल मार्फत परिजितालाई जिताउन सार्वजनिक अपिल गरेका हुन् ।
सुवेदीले परिजितालाई जिताएर नेपाली समुदायको गौरव बढाउन अनुरोध गर्दै सबैले नेपाली गौरवका रुपमा शिर्ष यात्रा तय गरेकी परिजितालाई भोट गर्न र नजिकका साथीभाई, ईष्टमित्र र छिमेकीहरुलाई पनि यस बारेमा जानकारी सहितको अनुरोधका लागि आग्रह गरेका छन् ।
परिरिताका लागि आगामी प्रतिस्पर्धाका लागि भोट गर्न डिसेम्बर ५ तारिक सोमबार दिन मेरिकी पूर्वीय समय वेलुका ८ बजेदेखि बिहान ७ बजे मंगलबार सम्म हाम्री परिजिता लाई यसरी भोट गर्न सकिने छ ।
परिजिता बास्तोलालाई भोट गर्ने तरिका
-.App स्टोरबाट The Voice को Official App डाउनलोड गरेर १० भोट गरौं ।
-अनि NBC TV को https://voice.vote.nbc.com (https://voice.vote.nbc.com) मा गएर फेरि पनि १० भोट गर्न सकिन्छ ।
– तपाई सगँ भएका सबै इमेल, अनि Social Media Account प्रयोग गरेरपनि धेरै पटक भोट गर्न पनि सकिन्छ
प्रतिक्रिया