रामपुर कृषि तथा वन बिज्ञान विश्वबिद्यालयका कृषि संकायका प्रशासनिक सहायक डिन तथा प्राध्यापक बिष्णुराज ओझामाथि कालोमोसो दल्ने ६ जना विद्यार्थीहरु आज पक्राउ परेका छन् । गत चैत्र २१ मा ओझामाथि कालोमोसो दलेपछि चौतफि बिरोध र उजुरी परेपछि फरार रहेका ६ जना विद्यार्थीहरु आज पक्राउ परेका हुन् ।

घटना लगत्तै फरार रहेका विद्यार्थीहरु सन्तोष खतिवडा, विमर गौली, गोपाल थापा, बामदेव रेग्मी, सुसान पौडेल र मिलन चौधरीलाई आज बिहान प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले ओझामाथि कालो मोसो देलेर जुत्ताको माला लगाईदिए पछि ओझाले आफुमाथि र्दुव्यवहार गर्नेबिरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थिए । घटनापछि क्याम्पसमा लामो समय पठनपाठन ठप्प भएको थियो ।
ओझाको बारेमा प्रशासनलाई बारम्बार ध्यानार्कषण गराउँदा पनि बेवास्ता गरेपछि आफैले कारवाही गर्न बाध्य भएको बिद्यार्थीहरुले बताएका थिए ।

 

Comments

comments