४ बर्ष अघि प्रहरी ईन्काउण्ठरमा मारिएका डन दिनेश अधिकारी ‘चरी’ की प्रेमिकाका रुपमा चर्चामा आएकी मोडेल खुश्बु ओलीलाई तीन महिना कैदको आदेश दिईएको छ । चरि हत्या पछि ओझेरमा रहेकी मोलड ओलीलाई काठमाडौँ जिल्ला अदालतले बैंकिङ कसुरमा तीन महिना कैद र तीन हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको हो ।

न्यायाधीश श्रीकृष्ण भट्टराईको एकल इजलासले ३६ लाखको चेक बाउन्स मुद्दामा दोषी ठहर गर्दै ओलीलाई बिगो बराबरको रकम तिर्न आदेश दिँदै तीन महिना कैद र तीन हजार रुपैयाँ जरिवाना गरेको हो ।

सप्तरीका राजविराज–८ का गोपाल कटुवालसँग लिएको ३६ लाख रुपैयाँ फिर्ता गर्ने क्रममा ओलीले काटेको कुमारी बैंकको चेकमा पैसा नभएपछि कटुवालले गएको साउनमा चेक बाउन्स भएको भन्दै अदालतमा मुद्दा दायर गरेका थिए ।

मुद्दामा अन्तिम सुनुवाइ गर्दै मंगलबार अदालतले विनिमय अधिकारपत्र ऐन २०३४ को अनुसार ओलीलाई दोषी ठहर गर्दै रकम तिर्न र तीन महिना कैद गरेको हो । पछिल्लो समय चेक बाउन्सका मुद्दा बढिरहेका छ ।

२०६३ मा मिस टिनको उपाधी जितेकीले ओलीले चरि काण्ड पछि केही म्युजिक भिडियोमा अभिनय गरेकी भएपनि उनि कला क्षेत्रमा उति सक्रिय रुपमा देखा परेकी छैनन् ।

 

Comments

comments