एनआरएनए अमेरिकाको भर्खरै सम्पन्न निर्वाचनमा टेक्सस च्याप्टरबाट अध्यक्षमा राजेश अर्याल निर्वाचित भएका छन् । नयाँ कार्यसमिती निर्वाचन २०१९ ०२१ का लागि आफ्ना निकटतम प्रतिस्पर्धी द्रोण गौतमलाई २७८ मतले पछि पार्दै अर्याल अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

निर्वाचित अर्यालले ८७३ मत प्राप्त गरेका छन् भने उनीसंग प्रतिस्पर्धामा रहेका गौतमले ५९५ मत प्राप्त गरेका छन् ।

त्यस्तै टेक्सस च्याप्टर सचिवमा सोफिन थापा बिजयी भएका छन् । थापा ७२१ मत सहित टेक्सस च्याप्टर सचिवमा निर्वाचित भएका हुन् ।

निर्वाचित थापाका प्रतिस्पर्धी सन्देश उप्रेतीको कुल मतसंख्या ६९६ रहेको छ । जम्मा २५ मतान्तरले थापासंग उप्रेती पराजित भएका हुन् ।

 

Comments

comments