अमेरिकाको टेक्सस राज्यवाट संचालित ग्लोवल नेपाली पाठशालाको प्रिन्सिपलमा पशुपति तिम्सिना नियुक्त भएका छन । ३ बर्ष यता भाषा पाठशालामा प्रिन्सिपल रहँदै आएका विजय राज भट्टराईले राजिनामा दिएपछि नयाँ प्रिन्सिपलका रुपमा वर्तमान सहायक प्रिन्सिपल तिम्सिनालाई नियुक्त गरिएको हो ।
नेपाली समाज टेक्सास द्वारा सन्चालित नेपाली पाठशालामाको प्रिन्सिपल पदबाट राजिनामा दिएका भट्टराईले यस विषयमा जारी गरेका वक्तव्यमा उल्लेख भए अनुसार भट्टराई आफ्नो अध्ययनका कारण समय व्यवस्थापन गर्न कठिनाई भएका कारण उनले प्रिन्सिपल पदबाट राजिनामा दिएका हुन् ।
सन् २०२० को जनवरीमा आफु प्रिन्सिपल पदमा नियुक्त भएका भट्टराईले सोही बर्षको मार्चमा भाषा पाठशालालाई ग्लोवल रुपमा विस्तार गरिएको स्मरण गर्दै आफ्नो कार्यकाल अवधिमा सहयोग पुर्याएको नेपाली समाज टेक्सस र भाषा पाठशाला परिवारप्रति धन्यवाद ज्ञापन गर्नुका साथै नव नियुक्त प्रिन्सिपल तिम्सिनालाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।
नव नियुक्त भाषा पाठशालामा प्रिन्सिपल तिम्सिना यस अघि पनि कार्यवहाक प्रिन्सिपलको जिम्मेवारी सम्हालिसकेका पदाधिकारी हुन् । भट्टराईले जुलाइको २ र ३ मा टेक्सासको ड्यालसमा सम्पन्न एशोसियसन अफ नेपलिज इन द अमेरिकाज [ एएनए] को सम्मेलनमा कार्य व्यस्तताको कारण स्कूलको दैनिक गतिविधिमा पर्याप्त समय दिन गाह्रो भएको भन्दै भाइस प्रिन्सिपल तिम्सिनालाई कार्यवाहकको जिम्मेवारी दिएका थिए ।
भट्टराइ अमेरिकाको सवैभन्दा जेठो राष्ट्रिय संस्था एएनएका उत्तर अमेरिका अध्यक्ष समेत रहेका भट्टराईले सम्मेलनका लागि ३ महिना व्यस्त रहने भन्दै कार्यवाहक प्रिन्सिपलको जिम्मेवारी तिम्सिनालाई दिएका थिए ।
प्रतिक्रिया