US Khabar

एनआरएनए अमेरिका: नवौं साधारण सभा तथा राष्ट्रिय ज्ञान सम्मेलन भव्यताका साथ सम्पन्न

- Admin | ३ वर्ष पहिले प्रकाशित

एनआरएनए अमेरिका: नवौं साधारण सभा तथा राष्ट्रिय ज्ञान सम्मेलन भव्यताका साथ सम्पन्न

एनआरएनए एनसीसी, अमेरिकाको नवौं साधारण सभा तथा राष्ट्रिय ज्ञान सम्मेलन भव्यताका साथ सम्पन्न भएको छ। जुलाई ३ तारिख शुरु भएको साधारण सभा तथा नलेज कन्भेन्सन आज जुलाई ५ तारिख बिधान संशोधनको कार्यक्रमसंगै सकिएको हो।

जुलाई ३ तारिखका दिन साहित्यिक स्वागत सहित अतिथिहरुका शुभकामना मन्तब्य राखेर कार्यक्रमको उदघाटन भएको थियो। नेपाल सरकारका परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालबाट कन्भेन्सनको ब्यानर पढेर उदघाटन गर्नु भएको थियो।

साधारण सभा भब्य र सभ्य रुपमा सम्पन्न भएको एनसीसी, अमेरिकाका अध्यक्ष सुनील साहले बताउनु भएको छ। साहले नेप्लिज डायस्पोरासंग बोल्दै भब्य र सभ्य बनाउन सहयोग गर्ने सबै साधारण सदस्य, आजीवन सदस्य, बिभिन्न तह र तप्काका पदाधिकारीहरु र स्वयं सेवक साथीहरुलाई धन्यवाद ब्यक्त गर्नु भएको छ।

यसैगरी साधारण सभा तथा कन्भेन्सनका कन्भेनर अर्जुन बन्जाडेले पनि यो कार्यक्रम भब्य र सभ्य बनाउन सहयोग गर्ने सबैप्रति हार्दिक धन्यवाद ब्यक्त गर्नु भएको छ।

कन्भेन्सनको दोस्रो दिन अमेरिका र विश्वभरका नेपाली प्रोफेशनलहरूको ज्ञान बाड्ने गरि ‘राष्ट्रिय ज्ञान सम्मेलन’ गरिएको थियो। उक्त सम्मेलनमा ८ वटा सिम्फोजियम र ४ वटा टाउन हल व्यवस्था गरेर बिभिन्न बिषयमा गहन छलफल गराईएको थियो। उक्त सम्मेलनको संयोजन डाक्टर तारा सिग्देलले गर्नुभएको थियो।

त्यसैगरी तेस्रो दिन, जुलाई ५ तारिखमा बिहान ११ बजेदेखि साँझसम्म निरन्तर रुपमा महासचिवको संगठनिक प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदन र बिधान संशोधन समितिको प्रस्तावमाथि घनिभूत रुपमा छलफल भएको र सर्बसमितिले सबै प्रतिवेदन पारित गरेको महासचिव पशुपति पाण्डेले बताउनु भयो ।

साधारण सभामा केन्द्रिय सचिव गौरी जोशी, सल्लाहकार हरिबोल भण्डारी र एनसीसीका प्रमुख संरक्षक तथा निबर्तमान अध्यक्ष केशव पौडेलले कार्यक्रम अबधिभर सक्रिय सहभागी हुनुभएको थियो।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!