US Khabar

DELC ले टेक्ससका घरबार विहिन र उनिहरुका बालबालिका लक्षित सहयोग कार्यक्रम राख्दै

- USKHABAR | २ महिना पहिले प्रकाशित

DELC ले टेक्ससका घरबार विहिन र उनिहरुका बालबालिका लक्षित सहयोग कार्यक्रम राख्दै

अमेरिकाको टेक्सस राज्य स्थित ड्यालस एभरेष्ट लायन्स क्लव (DELC)ले घरबार विहिन र उनिहरुका बालबालिका लक्षित सहयोग कार्यक्रमको आयोजना गर्ने भएको छ । पछिल्लो समय चिसो मौसम बढ्दै गएकाले घरबार विहिन र उनिहरुका बालबालिकालाई पर्न सक्ने असरलाई ध्यानमा राखि डिईएलसीले आवश्यक खाना, कपडा, व्ल्यानकेट तथा बालबालिका लागि खेलौनाहरु संकलन तथा वितरण कार्यक्रम राख्ने भएको हो ।

आगामी डिसेम्बर १० तारिक र डिसेम्बर १७ तारिकका दिन छुट्टाछुट्टै कार्यक्रम राखेको डिईएलसीले १० तारिक घरबार विहिन लक्षित कार्यक्रम राखेको छ । सो कार्यक्रम दिउँसो १ बजेबाट सुरु हुनेछ भने १७ तारिकका दिन यसै विषयमा सामुदायिक पहुँच लक्षित कार्यक्रम राखेको छ जुन विहान ९ बजेबाट सुरु हुनेछ ।

आयोजक संस्थाले सहयोग संकलनमा सहभागि हुन अनुरोध गर्दै आफुसंग भएका सामग्री उपलब्ध गराउन अनुरोध  गरेको छ । साथै यस अभियानमा जोडिन चाहनेहरुले सहयोगका लागि स्वयंसेवकका रुपमा समेत जोडिन सक्ने पनि जानकारी गराएको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!