US Khabar

एन्मा अध्यक्ष केसीद्वारा आफुले प्रारम्भिक शिक्षा सुरु गरेको प्युठानको स्कुललाई कम्प्यूटर ल्याव हस्तान्तरण

- Admin | २ महिना पहिले प्रकाशित

एन्मा अध्यक्ष केसीद्वारा आफुले प्रारम्भिक शिक्षा सुरु गरेको प्युठानको स्कुललाई कम्प्यूटर ल्याव हस्तान्तरण

एसोशियसन नेप्लिज ईन मिड व्यस्ट्रन अमेरिका [ एन्मा ] का अध्यक्ष तिलक केसीले प्युठानको जन विकास आधारभूत विद्यालयका लागि कम्प्यूटर ल्याव हस्तान्तरण गरेका छन् । एक प्रदेश एक कम्पप्यूटर ल्याव अभियान अन्तरगत अन्मा अध्यक्ष केसीले डिसेम्वर ३ तारिकका दिन प्युठानको सो विद्यालयलाई कम्प्यूटर ल्याव हस्तान्तरण गरेका हुन् ।

एन्माका निवर्तमान कार्यकारी सदस्य देश वास्तोलाको प्रायोजनमा जन विकास आधारभूत विद्यालयलाई १० वटा कम्प्यूटर, एउटा प्रिन्टर र एउटा प्रोजेक्टर भएको ल्याव हस्तान्तरण गरिएको हो ।
एन्मा अध्यक्ष केसी र संविधान सभा सदस्य हिरा केसीद्वारा संयुक्त रुपमा उद्घाटन गरिएको कम्प्यूटर ल्याव हस्तान्तरण कार्यक्रममा विद्यालयका प्रधानध्यापक तसला आचार्य, चेतमान थापा, पवित्रा केसी, धर्मराज भण्डारी लगायत स्थानिय व्यक्तिहरुले संवोधन गरेका थिए ।

अन्माका कोषाध्यक्ष डा. ओम दाहालले सन् २०२१ को कोलम्बर म्याराथन अभियान अन्तरगत विभिन्न प्रदेशमा १० वटा कम्प्यूटर ल्याव स्थापना भएका छन् । कम्तिमा एक प्रदेशमा एउटा ल्याव स्थापना गर्ने यस अभियान अन्तरगत प्युठानको यस विद्यालयमा कम्प्युटर ल्याप हस्तान्तरण गरिएको हो ।

व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष वोम बहादुर केसीको सभापतित्वमा सम्पन्न ल्याव हस्तान्तरण समारोहमा तिलक केसीका पिता राम बहादुर केसीले स्थापना गरेको यस विद्यालयबारे अनुभव सहितको शैक्षिक वातावरण विषयक अन्तरक्रित्यात्मक धारणाहरु प्नि साटिएको थियो ।

यसै विद्यालयबाट प्रारम्भिक शिक्षा सुरु गरेका एन्मा अध्यक्ष केसीले विद्यालयको शैक्षिक विकासका लागि केसी परिवारबाट स्थापित ट्रस्ट पनि क्रियाशिल रहेको छ । अध्यक्ष केसीकी आमा गोमा देवि केसीका नाममा स्थापित ट्रस्टले शैक्षिक तथा सामाजिक क्षेत्रमा कामहरु गर्दै आएको छ ।

जन प्रगती शिल अमेरिकाका अध्यक्ष समेत रहेका केसी गैर आवासिय नेपाली संघ एनआरएनए लगायत थुप्रै सामाजिक संघ संस्थाहरुमा क्रियाशिल सामाजिक अभियन्ताका रुपमा परिचित छन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!