टेक्सास, भर्खरै सम्पन्न एनआरएन अमेरिकाको निर्बार्चन परिणाम घोषणाको क्रममा एनआरएन अमेरिकाको निर्बाचन आयोगले गम्भिर त्रुटी गरेको छ । आईतबार मध्यरातमा घोषणा भएको निर्बाचन परिणाममा टेक्सास च्याप्टरको अध्यक्षमा द्रोण गौतमको नाम बाचन गरिएको थियो भने ईमेलबाट प्राप्त परिणाममा राजेश अर्याल बिजयी भएको घोषणा गरिएको थियो ।

भिडियो हेर्दा आफु बिजयी भएको खबर पाएका अध्यक्षका उम्मेदवार द्रोण गौतमले ईमेलबाट पराजय भएको खबर पांउदा अलमलमा परेको भन्दै द्रोण गौतमले निर्बाचन आयोगमा प्रष्ट पार्न पत्र पनि पठाएका छन् । गौतमले आयोगसंग रिजल्टको प्रमाण माग गर्दै पत्र पठाएको बताएका छन् । गौतमले आफ्नो फेशबुक पेजमा यस्तो भनाई राखेपछि उनका शुभचिन्तकहरुले कतै आयोगले नियतबश गरेको हो की भन्दै शंका पनि ब्यक्त गरेका छन् ।यसैबिच, गौतमले आफुले दिएको निवेदनको हालसम्म पनि औपचारिक जवाफ नआएको बताएका छन् ।

यसैबिच, एनआरएन अमेरिकाको निर्बाचन आयुक्त तथा प्रवक्ता कुलमणी आर्चायले आफुले परिणाम पढ््दा प्राविधीक कारणले यस्तो गल्ती हुन गएको बताएका छन् ।

युएस खबरसंगको टेलिफोन सम्पर्कमा आचार्यले भने मैले पढ्ने पेजमा प्रिण्ट मधुर भएकोले गर्दा केहि गलत भएको हो तर जुन परिणाम ईमेल गरेको छ त्यहि नै वास्तवीक परिणाम हो उनले भने । आफुले पढ्दा गल्ती भएको र यसले सम्बन्धीत उम्मेदवार प्रति पर्न गएको असर प्रती आचार्यले दुख ब्यक्त गरेका छन् ।

हेर्नुहोस भिडियो

मलाई भिडियोमा बिजयी र कागजमा पराजयी बनाइयो। यसरी म एक्छिनलाई बिजयी भए अनि फेरि पराजय। कुन चाहिँ सही हो र किन/कसरी यस्तो भयो निर्वाचन आयोगको औपचारिक जवाफको प्रतीक्षामा छु।

Posted by Drona Gautam on Monday, May 20, 2019

Comments

comments