US Khabar

आवश्यक भोट नपुग्दा अमेरिकी द भ्वाइसको यात्रा टुंगियो नेपाली चेली परिजिता बास्तोलाको

- USKHABAR | २ महिना पहिले प्रकाशित

आवश्यक भोट नपुग्दा अमेरिकी द भ्वाइसको यात्रा टुंगियो नेपाली चेली परिजिता बास्तोलाको

बहु चर्चित प्रतिस्पर्धी परिजिता बास्तोलाको अमेरिकी रियालिटी शो द भ्वाइसको यात्रा टुंगिएको छ । व्लाईन्ड अडिसनबाट नै अमेरिकी द भ्वाइसको शानदार यात्रा तय गरेकी १७ बर्षिया नेपाली चेली परिजितालाई आवश्यक भोट नआएपछि बुधबार बाट उनको प्रतिस्पर्धा यात्रा टुंगिएको हो ।

आफ्नै क्षमताले भोटिङ्ग चरण सम्मको यात्रा तय गरेकी परिजिताले शिर्ष ८ का लागि भोट प्राप्त गरेसंगै उनलाई फाईनल चरणमा देख्न पाउने अनुमान धेरैले गरेका थिए । जसका लागि गैर आवासिय नेपाली संघ अमेरिका देखि देश विदेशमा रहेका नेपालीले भोटको अपिल पनि गरेको देखिन्थ्यो तर आवश्यक भोट नपुग्दा उनको यस पटकको प्रतिस्पर्धात्मक यात्राले सेमिफाईनल माथिको चरणमा पुग्न पाएन ।

अघिल्लो चरणका लागि परिजितासंगै कम मत ल्याएकाहरु मध्यका ४ जनालाई जजले ‘इस्ट्यान्ट सेभ’को लागि प्रस्तुतिको मौका दिएका थिए । ‘इस्ट्यान्ट सेभ’ मा परेकी उनलाई तत्काल भोट गरेर भोटसंख्या बढाउन सकिने भएपनि उनलाई सो मौकामा समेत भोट पुगेन र अन्तत परिजिता द भ्वाईस स्टेजबाट बाहिरिहिन् ।

कोच जोन लिजेन्डको समूहबाट प्रतिस्पर्धा गरेकी परिजिता अमेरिकी द भ्वाईसमा प्रतिस्पर्धा गर्ने पहिलो नेपाली हुन् । आफ्नो गायन क्षमता मार्फत अमेरिका, नेपाल तथा विश्व भरका दर्शकलाई प्रभावित पार्दै आएकी उनलाई जिताउन सकेको भए यो जित नेपाली समुदायका लागि ऐतिहासिक जित हुने थियो । अडिसन राउण्डबाट नै आफु नेपाली भएको बताउँदै आएकी परिजिताले सबै शो हरुमा चलन चल्तिमा रहेको नेपाली पहिरन नै लगाउँदै प्रस्तुति समेत दिएकी थिईन् भने नेपाली भाषामा नै काठमाडौ महानगरका मेयर बालेन शाह लगायतसंग आफ्नो द भ्वाईसको अनुभव साट्दै गरेका कुराकानीका भिडियो समेत सार्वजनिक भएका थिए ।

झापा स्थायि घर भै २५ बर्ष देखि अमेरिकाको मेरिल्याण्डमा बसोबास गर्दै आएका पंकज बास्तोला र बिरा बास्तोलाकी छोरी परिजिता परिवारकी कान्छि सन्तान हुन् । उनको जन्म मेरिल्याण्ड मै भएको हो । सानै बाट गायनमा रुचि राख्ने उनले सो समय गाएका गीतका भिडियोपनि सामाजिक संजालमा सार्वजनिक भएका छन् । जहाँ उनले बच्चा बेलामा पनि कुशल गायनका साथ किबोर्ड र गीतार सहित गीत प्रस्तुत गरिहेको देख्न सकिन्छ ।

व्लाइण्ड अडिसनबाट नै उनको प्रस्तुतीले सवै कोचको मन जितेको थियो । यो संगै उनका बारेमा पनि देश विदेशका समाचारगृहले खोजि गरेर समाचार सामग्री तयार गरेका थिए भने अमेरिकी सञ्चार माध्यमले उनिसंग अन्तरवार्ताहरु गर्दै आएका थिए जसमा समेत उनले आफु नेपाली भएको कुरा उल्लेख गर्दै आएकी थिईन् । आफु नेपाली भएको बताएका कारण पनि पछिल्लो समय उनका नेपाली प्रशंसक ज्यादा देखिएका थिए ।

अमेरिकामा नै जन्मिएकी उनलाई अंग्रेजी गीत गाउन सजिलो हुने नै भयो तर उनले नेपाली गीतहरु पनि मिठोसंग गाउदै आएकी छन् । नारायण गोपाल, साजन राज बैद्य लगायतका गीतहरुमा उनले भरेको आवाजले सामाजिक संजालमा सार्वजनिक छन् ।

गायन र पढाई दुवैमा राम्रो गर्दै अघि बढेकी पराजिता विद्यालयमा उत्कृष्टता हासिल गरेर प्रेसिडेन्ट अवार्ड देखी हरेक परीक्षामा अनरोल अवार्ड समेत प्राप्त गर्न सफल बिद्यार्थी पनि हुन् । सामाजिक काममा रुचि भएकी उनि पछिल्लो समय समुदायको काम र स्थानीय राजनीति बुझ्न सेभेर्ना पार्क डेमोक्रेटिक क्लबसंग कार्यकारी सदस्यका रुपमा आवद्ध छिन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!