किशन रेग्मी / सुष्मा देवकोटा 

एनआरएन अमेरिकाको भर्खरै सम्पन्न निर्वाचनबाट अध्यक्ष पदमा निर्वाचित सुनिल शाहलाई यतिबेला बधाई र शुभकामना ब्यक्त गर्नेहरु बाक्लो संख्यामा छन् । उनको काँधका सिंगो अमेरिकाबासीको जिम्मेवारी थपिएको छ । यो जिम्मेवारीलाई निर्वाह गरेर सबै नेपालीको हितमा काम गर्ने उनको चुनावी प्रतिवद्धतालाई सार्थक बनाउने बाचा गरेका सुनिल शाहले यो जिम्मेबारी सम्म आईपुग्नका लागि गरेका संघर्ष, चुनौती, असजिला बाटोहरु र ति असजिलो चिरेर आजको सफल ब्यवसायि हुँदै एनआरएनए अमेरिकाको नेतृत्व सम्म आईपुग्दा उनका भोगाईहरु आज हामीले देखेको जस्तो थिएन सायद । तर कठिन हुन्छन् सफलताको गन्तब्य हासिल गर्ने यात्रा ।

आज हामीले उनको जन्मदेखी आजको नेतृत्व तहको बिजयी समयसम्मलाई समेटेर तयार पारेको सामग्री पाठक समक्ष प्रस्तुत गर्दैछौं ।

नेपालको तराई क्षेत्रको मधेशी समुदायमा जन्मेर आज अमेरिका जस्तो सम्पन्न देशमा,सफल व्यासायि, अब्वल आईटी ईन्जिनियर, असल सामाजिक अभियन्ता र बलियो नेतुत्व क्षमता राख्ने सुनिल शाह आफैंमा एउटा प्रेरक ब्यक्तीत्व हुन् जसका कथा पढ्नेहरुका एउटा गतिलो प्रेरणा बन्न सक्छ सक्छ ।

उनि स्कुल पढ्नेताका उनका साना साथीहरु भैंसी गोठालो जान्थें, घरमा आमा बुवालाई सघाउँथे र बाँकी बचेको समय खेलिरहेका भेटिन्थें धुलो माटोमा । सुनिल शाह त्यही समुदायका बालक हुन् जसका किशान बाबु आमाले उनलाई पढाएर ठुलो मान्छे बनाउने सपना देखे र त्यही सपना पुरा गर्न कापि कलम च्यापेर स्कुल जान सिकेका उनि आज सिंगो अमेरिकामा रहेका नेपालीको नेतृत्व गर्ने हैसियत राख्दछन् चाहे त्यो व्यवसायिक पाटोबाट होस् चाहे सामाजिक या एनआरएन अमेरिकाको निकटतानै किन नहोस् ।

जनकपुरमा जन्मेका उनले त्यहिँबाट एसएलसी पास गरे । आफुले पाएको अवसरलाई मेहनतका साथ निभाउने उनको स्वभावले गर्दा उनको पढाईलाई पनि साथ दियो । एसएलसी पछि ईन्जिनियर बन्ने सपना बोकेर राजधानी आएका उनले पुल्चोक ईन्जिनियरिङ क्याम्पसबाट स्नातक सके । स्नातक अध्यनका समयमा पढ्दा उनले राजनिती र समाजलाई बुझ्नकै लागि नेविसंघ प्रवेश गरेका थिए । आफ्नो देशमा रहेको गरिवी, निम्न स्तरको शैक्षिक चेतना, अप्ठ्यारो सामाजिक संरचना लगायतका कुराले उनलाई राजनितीमा प्रवेश गराएको थियो उनि सामाजिक सुधारको लागि बिद्यार्थी राजनितीमा लागेका थिए । सन् १९९५ मा ब्याचलर ईन ईन्जिनियर अध्यननका लागि बंगलादेश गएपछि पनि उनि बेरोजगार बसेनन् । बिबिसीको नेपाली सेवाका लागि समाचा सामग्रीहरु नेपालीमा अनुवाद गर्ने काम पाएका उनले त्यो समय देशबाहिर रहेर पनि देशको अवस्थालाई नजिकबाट जान्ने मौका पाए । उनको सामाजिक कर्ममा लाग्ने सोचलाई यो कामले अर्को टेवा पुर्याएको थियो । उनले नेपालको तत्कालिन अवस्थालाई जान्ने मौका पाए । नेपाली समुदायसंगको निकटता र आत्मियता स्वरुप उनले त्यो समयमा पनि सामाजिक सुधारका लागि प्रयत्न गरेका थिए ।

बंगलादेशको अध्यन पुरा गरेर नेपाल फर्किएका उनि नेपालमै रहेको भएपनि आफ्नो जीवनलाई पुग्ने जती पैसा कमाउन सक्थे तर उनको सामाजिक मनले आफुलाई मात्र कमाउनु भन्दा अप्ठ्यारामा परेकाहरुलाई पनि सहयोग गर्न सक्ने अवस्थामा पुग्ने रहर गर्यो र सन् सन २००४ मा अमेरीका आए सुनिल शाह ।


कसैलाई सहयोग गर्नका लागि मन मात्र भएर हुँदैन आर्थिक रुपमा पनि बलियो हुनुपर्छ त्यसैले पनि होला शाहले पुन आफ्नो अध्यनलाई निरन्तरता दिए । अमेरिकाको फ्लोरिडा इस्टिच्युट अफ टेक्नोलोजीबाट बाट माष्टर पढ्न सुरु गरेसंगै सन् २००५ वाट उनको सुचना प्रविधि ९क्ष्त्०का क्षेत्रमा अझ बढि निकटता । पढाई पुरा गरेर उनले यहि क्षेत्रका बिभिन्न कम्पनीहरुमा काम गरेपछि उनले सन् १९१३ बाट आफ्नै कम्पनी खोलेर आईटी ब्यवसाय सुरु गरे । उनि अमेरिका आउँदा उनलाई यहाँको माहौल नौलो थियो । नेपाली सबै आ आफ्ना काममा ब्यस्त थिए, भेटेर सहयोग माग्ने अवस्था थिएन, त्यहाँको सिस्टमबारे नबुझेका बिद्यार्थी सुनिललाई केही समय मेसोमेलो भएन । साना साना कामका लागि पनि अन्यौल रहन्थ्यो किनकी त्यो आफ्नो देश थिएन । भर्खरै राजधानी छिरेकालाई त अप्ठेरो पर्छ भने उनि त अर्कै देशमा थिए त्यो पनि चेतना र प्रविधीका रुपमा सम्पन्न देश अमेरिका । बिस्तारै पनि यहाँको माहौलसंग परिचित हुँदै गए, प्रसासनिक र दैनिक जीवनका लागि आवश्यक कुराहरु आफैंले सिक्दै गए, पढाई समेपछि उनले काम गरेका कम्पनीबाट पनि उनले थप अनुभव र सिप लिए ।

त्यो समय उनले महशुष गरे भर्खरै अमेरिका आउनेहरुलाई मेरो सुरुवाती दिनमा जस्तै अप्ठेरो पर्नेछ र मैले सहयोग गर्नुपर्छ । उनि व्यवसायिक बन्नुको कारण पनि त्यही थियो, नेपाल छंदै उनि आफ्नो तर्फवाट अप्ठ्यारो अवस्थामा रहेकाको सेवा गर्नुपर्नेमा दृण थिए, अमेरिकाले नयाँ पाठ सिकायो, कसैलाई मद्यत गर्नुछ भने पहिले आफु मेहनत गर सक्षम बन ।
यहि कुरालाई अनुसरण गरेर उनले आफ्नो योग्यता, ज्ञान र सिपलाई ब्यवसायिक रुप दिए । आज उनको कम्पनीमा नेपालका मात्र होईन बिदेशी नागरिकले समेत रोजगारी पाएका छन् । उनको मेहनतले नै उनलाई आर्थिक रुपमा बलियो बनाएको थियो जुन उनि आफ्नो परिवारको लागि मात्र नभई सबैसंग बाढ्न चाहन्थे ।


संधै सकारात्कम सोच राखेर अघि बढेका शाहसंग ब्यक्तीगत रुपमा असाध्यै ठुलो महत्वकाक्षां छैन, उनि सरल र सहज जीवन रुचाउने मान्छे हुन् । आफुले कमाएको ज्ञान उनि अरुमा बिस्तार गर्न चाहन्छन् । ताकी मनलाई शान्ति होस् आफ्नो पहलमा मिलेको अरुको खुसी देखेर । नेपाल र नेपालीका लागि आफुले सक्दो सहयोग गर्ने बताउँदै आएका उनि सन् २०११ बाट एनआरएनमा आवद्ध भएका हुन् । निर्वाचन समिति सदस्य, सल्लाहकार हुँदै एनआरएनए एनससिसी अमेरिकाको यस अघिको कार्यकालका बरिष्ठ उपाध्यक्ष शाहले एनआरएनको महत्व आवश्यकताबारे यहाँका नेपालीलाई ब्यक्तीगत रुपमै पनि बुझाउँदै आएका छन् । नेपालीको साझा संस्थाको रुपमा स्थापित एनआरएनप्रति सकारात्मक हुन सके धेरै योजनाहरु सफल हुने धारणा राख्ने शाहले आफु आफुमा बिबादिन बन्नु भनेको संस्था कमजोर हुनु हो र कमजोर संस्थाबाट बलियो अपेक्षा गर्न मुस्कील हुने भएकाले सबैले एनआरएन प्रति सकारात्मक भएर आपसी सद्भाव र सहयोगमा अघि बढ्नु पर्ने बताउँदै आएका छन् ।

उनको बुझाईमा प्रवासमा रहेका नेपालीसंग नेपाल सरकारले समन्वय गरेर दक्ष नेपालीको ज्ञानलाई प्रयोग गर्ने वातावरण मिलाएको खण्डमा बिभिन्न क्षेत्रमा बिकासका नयाँ योजनाहरु प्रभावकारी रुपमा कायन्वयन गर्न सकिन्छ ।

भर्खरै एनआरएनए अमेरिकाको अध्यक्ष पदमा निर्वाचित भएका शाहले आफुलाई बिश्वास गरेर अध्यक्ष पदको जिम्मेवारी दिएका सबै मतदातालाई धन्यवाद र आभार गर्दै आफ्ना मतदता समक्ष आफ्ना प्रतिवद्धता ब्यक्त गरेका छन् भने बिजयी र यो प्रतिस्पर्धामा कम मत ल्याएर नेतृत्व जिम्मेवारी सम्म पुग्न नपाउने सबैलाई यसलाई हारजित नसम्झन आग्रह गरेका छन् ।

यस्तो छ, आफु निर्वाचित भएपछि अध्यक्ष सुनिल शाहले सार्वजनिक गरेको वक्तव्य

हार्दिक आभार तथा धन्यवाद

सम्पूर्ण एनआरएनए अमेरिकाका सदस्य ज्यूहरु सम्पूर्णमा नमस्कार, 

हामी सबैंको आस्था, विश्वास र साझा प्रतिनिधि मुलुक संस्था गैर आवासीय नेपाली संघ अमेरिकाको वर्ष २०१९र२१ को लागि मलाई नेतृत्वमा निर्वाचित गराउन आफ्नो अमुल्य मतदान गर्नुहुने सबैं सम्मानित मतदाता ज्यूहरुप्रति हार्दिक आभार व्यक्त गर्दछु ।

विभिन्न पदमा विजयी साथीहरुलाई समेत हार्दिक बधाई दिन चाहन्छु । एनआरएनए अमेरिकाको नेतृत्वमा मलाई निर्वाचित गरेर म प्रति जुन विश्वास जनाउनुभयो त्यस विश्वासलाई गुम्न दिने छैन यो अवसरमा म त्यो प्रतिवद्वता व्यक्त गर्दछु ।

यस निर्वाचनलाई निष्पक्ष, विधिसम्मत र स्वतन्त्र ढंगवाट सम्पन्न गर्नका लागि विशेष भूमिका निर्वाह गर्नुहुने निर्वाचन समिति प्रति पनि हार्दिक आभार व्यक्त गर्दछु । यो घडीमा निर्वाचनसग जोडिएका सदस्यता छानविन समिति, सुपरिवेक्षण समिति तथा तथ्याङ्क पुनः परिक्षण समितिलाई समेत हार्दिक धन्यवाद दिन चाहन्छु ।

हामी सबैं एनआरएनए अभियानसग जोडिएका छौं । निर्वाचनमा जादा हार जीत स्वभाविक हो । प्रजातान्त्रिक विधिलाई आत्मसात गर्दा हार वा जीतलाई सहज लिइन्छ र त यो लोकतन्त्रको सुन्दर उपहार भित्र पर्दछ । अझ हामी त एनआरएनए परिवार भित्र छौं । हामी सबैं एनआरएन हौं , हामी सबैंको धेय एनआरएनए अभियानलाई अझ शसक्त र प्रभावकारी बनाउने हो । त्यो अभियानमा हामी कसैले हार्दैनौं र कसैले जित्दैनौं । त्यसका निम्ति म सधैं सबैं सग सहकार्य गर्दै एनआरएनए अमेरिकाको संस्थागत विकासमा हातेमालो गरी एनआरएन अभियानमा सबैंलाई लिएर अघि बढ्नेछु । र त्यो अभियानमा यो निर्वाचनमा म सगैं अध्यक्ष पदमा उम्मेद्वार बन्नुहुने संजय थापा ज्यू र सूर्य लम्साल ज्यू एवं अन्य पदका सम्पूर्ण उम्मेद्वारहरुलाई समेत साथमा नैं लिएर अघि बढ्ने छु र त्यसका निम्ति अपिल पनि गर्न चाहन्छु ।

मेरो कोशिस तपाईहरुले दिएको अध्यक्ष पदको जिम्मेवारीप्रति न्याय गर्ने तर्फ रहनेछ ।

म नेतृत्वमा आएपछि के गर्छु भन्ने केही विषयहरु मैले पहिलानैं राखेको थियो, चुनावी अभियानका क्रममा तपाईहरुमाझ जादा पनि त्यसमा छलफल गरेको थिए । संचार माध्यम तथा सामाजिक संजालमार्फत पनि त्यसलाई उल्लेख गरेको थिए । त्यसतर्फ मेरो ध्यान केन्द्रीत रहनेछ । र सगसगैं तपाईहरु माझ तपाईहरुकैं भावना बुझेर कार्यक्रमहरु समेत अगाडि सार्नेछु । साथमा कार्यसमितिमा आउनुभएका सबैं साथीहरुको विचारलाई सम्मान गर्दै उहाहरुको विचार समेत समेटेर अगाडि बढ्नेछु । हाम्रो कार्यसमितिले गर्ने कार्यक्रमवारे आगामी दिनमा समेत विस्तृतरुपमा जानकारी गराउने नैं छु । एनआरएनए अमेरिकाका अग्रज अभियन्ता ज्यूहरु, पूर्व कार्यसमितिमा रहनुहुने व्यक्तित्वहरु एवं एनआरएनए अमेरिकालाई माया गर्ने तपाई सबैंको साथ लिएर आगामी यात्रा अघि बढाउनेछु । वर्तमान कार्यसमितिले गरेको संस्थागत विकासका कार्यलाई निरन्तरता दिदैं थप कार्यक्रम ल्याउने तर्फ हाम्रो ध्यान रहनेछ ।

र यस अवसरमा मेरो उम्मेद्वारी घोषणासगैं विभिन्न तह तप्कावाट सहयोग गर्नुहुने सबैंलाई हार्दिक धन्यवाद दिन चाहन्छु । म वरिष्ठ उपाध्यक्ष रहेको वर्ष २०१७र१९ का अध्यक्ष डा। केशव पौडेल एवं सम्पूर्ण कार्यसमिति परिवार, संचारमाध्यम तथा संचारकर्मीहरुप्रति पनि हार्दिक धन्यवाद दिदैं यस्तैं सहयोग आगामी दिनमा समेत मिल्ने नैं छ भन्ने विश्वास समेत लिएको छु । र अन्त्यमा फेरि तपाई सम्पूर्ण एनआरएनए अमेरिकाका सदस्य ज्यूहरुप्रति विशेष आभार व्यक्त गर्दछु । अमेरिका निवासी गैर आवासीय नेपाली सबैंप्रति पनि उच्च सम्मान व्यक्त गर्दछु ।

जय एनआरएनए अमेरिका । धन्यवाद ।

सुनील साह

नव निर्वाचित अध्यक्ष वर्ष २०१९ – २१

गैर आवासीय नेपाली संघ, अमेरिका

 

Comments

comments