सम्पन्न प्रदेश सभा निर्वाचनमा गण्डकी प्रदेशको मिलिजुली सरकारमा प्रदेश सभामा राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रवेश पाएको छ । निर्वाचन आयोगले समानुपातिक मतबाट विभिन्न पार्टीले पाउने सिटको बाँडफाँट गर्दा गण्डकी प्रदेश सभामा सबैभन्दा धेरै सिट एमालेले पाउने भएको छ । यस अघि गण्डकी प्रदेश सभामा समानुपातिक प्रणाली बाट १ सिट पाएको जनमोर्चाले भने यसपाली प्रदेश सांसद नपाउने भएपछि २ सिट पाएको राप्रपाले गण्डकी प्रदेशको मिलिजुली सरकारमा प्रवेश पाएको हो ।
सबै भन्दा धेरै सिट अर्थात १० सिट प्राप्त गरेको एमाले, ९ सिट प्राप्त गरेको काँग्रेस र ३ सिट प्राप्त गरेको माओवादी केन्द्रसंगै राप्रपाले पनि यस पटक २ सिट सहित प्रदेश सरकारमा देखिने भएको हो ।
यस अघि गण्डकी प्रदेश सभामा समानुपातिक प्रणाली बाट १ सिट पाएको जनमोर्चाले यसपाली प्रदेश सांसद नपाउने भएपछि बाँकी रहेका दलहरुको मिलिजुली सरकार बन्ने भएको हो । अघिल्लो संसदमा जनमोर्चाका प्रत्यक्ष बाट २ र समानुपातिक प्रणाली बाट १ जना गरी तिन जना सांसद थिए ।
बुधबार निर्वाचन आयोगले गरेको समानुपातिकतर्फको सिट बाँडफाँट अनुसार गण्डकी प्रदेशमा कुनै पनि दलले एकल बहुमत पाउन नसकेपछि मिलिजुली सरकार बन्ने भएको हो ।
प्रतिक्रिया