नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू पनि युवाकालको खेलाडी भएकाले खेलप्रति विशेष रुचि रहेको बताएका छन् । शनिवारदेखि काठमाण्डौको दशरथ रंगशालामा शुरु भएको एसिया रग्बी यू–१८ सेभेन्स च्याम्पियनसिपको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले आफु युवाकालको खेलाडी हुनुको नाताले प्रत्येक खेलप्रति आफ्नो विशेष अभिरुचि रहेको बताएका हुन् ।
नेपालमा रग्बीको अन्तर्राष्ट्रिय प्रतियोगिता योजनाले देश चिनाउन महत्वपूर्ण योगदान रहने धारणा सहित अध्यक्ष प्रचण्डले खेलकुदले देशका जनताको सम्बन्ध प्रगाढ बनाउने बताएका छन् ।
आफ्नो जीवनमा पहिलोपटक रग्बी खेललाई प्रत्यक्ष रुपमा हेर्दै गरेको अनुभव सहित उनले हरेक देशको अर्थतन्त्रको विकास, अन्तर्राष्ट्रिय भाइचाराको विकास र विश्व वन्धुत्वको दिशामा खेल क्षेत्रले ठूलो भुमिका रहने उल्लेख गरेका छन् ।
खेल युवाहरुको आपसी सम्बन्ध, देश र जनताबीचको सम्बन्धलाई अझ सुदृढ गर्ने माध्यम भएका बताउँदै प्रचण्डले खेल आजको दुनियाँमा विभिन्न देशका जनताको सम्बन्ध, युवाहरुको आपसी सम्बन्ध, देश र जनताबीचको सम्बन्धलाई अझ सुदृढ गर्ने माध्यमका रुपमा रहने भएकाले खेल क्षेत्रको विकासमा सबैको ध्यान जानुपर्ने बताए ।
प्रतिक्रिया