US Khabar

नेपाली राजदुतावास अमेरिकाको कन्सुलर शिविर भोलिबाट

- USKHABAR | २ महिना पहिले प्रकाशित

नेपाली राजदुतावास अमेरिकाको कन्सुलर शिविर भोलिबाट

नेपाली राजदुतावास अमेरिकाको कन्सुलर शिविर भोलिबाट संचालन हुने भएको छ । भोलि देखि अर्थात् डिसेम्बर १५ तारिकबाट २० तारिक सम्म टेक्ससको अभिङ्ग, अस्टिन र ह्युस्टनमा दुतावासले नेपाली लक्षित विविध महत्वपूर्ण विषय संबद्ध कन्सुलर शिविर संचालन गर्ने भएको हो ।

राहदानी नविकरण गैर आवासिय नेपाली परिचय पत्र अर्थात एनआरएनए आईडी र अधिकृत वारेसनामाका विषयमाथी महत्वपूर्ण सेवा विषयक परामर्ष सहितको सेवा प्रदान गरिने यस कन्सुलर शिविर डिसेम्बर १५ १६ र १७ तारिकका दिन टेक्ससको अर्भिङ स्थित नेपाली साँस्कृतिक तथा आध्यात्मिक केन्द्र एनसीएससी को हलमा संचालन हुनेछ ।

त्यस्तै डिसेम्बर १८ र १९ तारिकका दिन अस्टिन स्थित क्यन्स हल कन्ट्री रोड हुट्टोमा र २० तारिकका दिन ह्युस्टनको रिचमण्ड एभ मा सोही प्रकारको शिविर संचालन हुनेछ ।

दुतावास संगै एनआरएनए टेक्सस च्याप्टर, नेपाली समाज टेक्सस, नेपाली साँस्कृतिक तथा आध्यात्मिक केन्द्र, नेपाली समाज ह्युस्टन, ग्रेटर अस्टिन नेपाली सोसाईटी र क्रियटिभ नेप्लिज सोसाईटीको संयुक्त आयोजनामा हुन लागेको यस कार्यक्रम प्रभावकारी बनाउने उदेश्यका साथ दुतावास र टेक्ससका क्रियाशिल ६ संस्थाको संयुक्त आयोजनामा हुन लागेको नेपाली समाज टेक्ससका महासचिव सन्देश उप्रेतीले जानकारी दिएका छन् ।

महासचिव उप्रेतीले दुतावाससंग टेक्ससका संघ संस्थाहरुले सहकार्य गर्ने वातावरणको सृजना, आपसी एकता र सेवा प्रादायक कार्यक्रमको विस्तारमा यस प्रकारका कार्यक्रमले थप मद्यत गर्ने हुँदा कार्यक्रम संयुक्त रुपमा आयोजना गर्न लागिएको बताएका छन् ।

उनका अनुसार शिविरमा उठान हुने ३ वटै केन्द्रिय विषय नेपाली समुदायसंग सरोकार राख्ने महत्वपूर्ण विषय हुन् जसमाथी लामो समयदेखी सामुदायिक चासो र सरोकार रहँदै आएको छ ।
अर्भिङ्ग, अस्टिन र ह्युस्टनमा आयोजना हुने शिविरहरुबाट नेपाली समुदायले प्रभावकारी परामर्ष सहितको सेवा प्राप्त गर्न सक्ने जानकारी सहित आयोजक संस्थाहरुले उपस्थितीका लागि टेक्सस क्षेत्रका सम्पुर्ण नेपालीहरुलाई अनुरोध गरेका छन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!