अमेरिकाको न्युयोर्कमा हुने मिस नेपाल नर्थ अमेरिका २०१९ का बिजेताहरुलाई १२ हजार डलर राशी बराबरको छात्रवृतिको घोषणा गरिएको छ । उन्नत इन्टरनेसनल तथा ड्रिम्स युनिभर्सलको आयोजनामा आगामी अगस्त १७ का दिन न्यूयोर्कको मेलरोज बलरुममा आयोजना हुने मिस नेपाल नर्थ अमेरिका का बिजेतालाई कुल १२ हजार अमेरिकी डलर बरावरको छात्रबृत्तीको घोषणा गरिएको हो ।

आयोजक कमिटीका अनुसार १२ हजार राशिको सो छात्रबृत्तीको कुल रकममध्य मिस नेपाल नर्थ अमेरिका बिजेतालाई ६ हजार र बाँकी ६ हजारमध्य फस्र्ट रनरअपलाई ४ हजार र सेकेण्ड रनरअपलाई २ हजार डलर प्रदान गरिने छ ।

१८ देखि २७ बर्ष उमेर सम्म उमेर समुहका नेपाली मुलका उत्तर अमेरिकी युवतीहरु सहभागी हुन पाउने प्रावधान रहेको मिस नेपाल नर्थ अमेरिकाको प्रतियोगी उच्च माध्यमिक उत्तीर्ण ९हाई स्कुल ग्राजुएट० गरेको गुनुपर्ने साथै ५ फुट २ इन्च उसाई भन्दा माथीका नैतिक चरित्र तथा नेतृत्व क्षमता र प्रभावशाली इच्छा भएका अविवाहित युवतीले मात्र सहभागीता जनाउन पाउने छन् ।

मिस नेपाल नर्थ अमेरिका २०१९ को परामर्शदाताको रुपमा पूर्व मिस नेपाल खतिवडा न्युयोर्क आउने छिन् । खतिवडाले पार्टीसिपेन्ट मेन्टर अर्थात् सहभागी परामर्शदाताका रुपमा सहभागी हुनेछन् भने अन्तिम समापन समारोह सम्म सहभागीहरुलाई तयार गर्न सहयोग गर्ने छिन् ।

कार्यक्रममा सहभागी हुन चाहने प्रतियोगीले जुन १५ सम्म आबेदन दिन सक्नेछन् भने जुलाई १ तारिखका दिन अन्तिम नामावली प्रकाशित गरिने छ ।

Comments

comments